Shikhar Insurance

ई–सेवामा रकम लोड गर्न झनै सजिलो, यसरी गर्नुस् बैंक खाता लिंक

सिंहदरबार संवाददाता
२०७८ बैशाख २०, सोमबार १९:२२
NIMB
Nabil Bank

काठमाडौं । ‘ई–सेवा’ प्रयोगकर्ताले ई–सेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफुले चाहेको बैंक खातामा ई–सेवा खाता लिंक गरी अझ ढंगले ई–सेवा खातामा रकम लोड गर्न सकिनेछ ।

अब ई–सेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाईल बैंकिङ मार्फत अझ सहज ढंगले ई–सेवामा रकम लोड गर्न सक्नेछन् । आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उदेश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए । उनले भने, ‘ ई–सेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नविनतम सेवा दिनका लागि अग्रसर छ । नयाँ सेवाका साथै प्रयोगकर्तालाई रकम लोड गर्नका लागि अझ सहज होस् भन्ने कुरालाई ध्यानमा राख्दै यो सेवाको सुरूवात गरेका हौँ’ ।

Citizen Life
Kumar Bank
Nepal Life

एकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि ई–सेवा प्रयोगकर्ताको ई–सेवा एकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ । साथै यो सेवा लिनका लागि ई–सेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाईल बैंकिङ लिएको हुनुपर्नेछ भने ई–सेवामा भएको मोबाईल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर पनि एउटै हुनुपर्नेछ । यदि ई–सेवामा रहेको नम्बर र बैंकमा रहेको मोबाईल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाईल नम्बरलाई ई–सेवा एकाउन्टमा सेकेण्डरी आईडीका रुपमा राख्न सकिनेछ ।

बैंक खातामा ई–सेवा लिंक गर्नका लागि सर्वप्रथम ई–सेवाको होमपेजमा भएको लोड मनि भन्ने अप्सनमा जानुपर्नेछ । यहाँ लिंक एकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक छानी आफ्नो बैंक खाता नम्बर राख्नुपर्नेछ र प्रोसेसमा क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाईल बैंकिङ पोर्टल खुल्नेछ । यहाँ आफ्नो मोबाईल नम्बर र पासवर्ड राखि क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाईलमा प्राप्त भएको ओटिपी पासवर्ड राखि पे मा क्लिक गरेमा बैंक खाता ई–सेवामा लिंक हुनेछ ।
बैंक खाता लिंक गरेपछि ई–सेवा खातामा रकम लोड गर्नका लागि ई–सेवा खाता लगइन गरी लोड मनि अप्सनमा गइ आफुले लिंक गर्नुभएको बैंक एकाउन्टमा क्लिक गर्नुपर्नेछ । त्यसपछि ई–सेवामा राख्ने रकम र अन्य विवरण भरी सहजै रकम लोड गर्न सकिनेछ ।

हाल २० वटा बैंक तथा वित्तीय संस्थाका बैंक खातामा ई–सेवा एकाउन्ट लिंक गर्न सकिनेछ । निकट भविष्यमै अन्य सदस्य बैंकका खातामा समेत लिंक गर्न सकिनेछ ।

ई–सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइ जहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्