अहिले होइन उहिल्यैदेखि खटपट थियो प्रधानमन्त्री र अर्थमन्त्री बीच, यस्ता छन् आधा दर्जन घटना

काठमाडौं । यतिबेला प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतबीचको सम्बन्ध बिग्रिएको चर्चा आगो जसरी सल्किरहेको छ । स्वयं अर्थमन्त्री डा. प्रकाश शरण महतले शुक्रबार अकस्मात पत्रकार सम्मेलन आयोजना गरेर प्रधानमन्त्री र आफ्नो सम्बन्ध नबिग्रिएको स्पष्टीकरण दिए । तर उनै मन्त्री डा. महत पत्रकार सम्मेलनमै प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध सब ठिकठाक नरहेको तथ्य चुहाउनबाट भने बच्न सकेनन् । प्रधानमन्त्रीसँग सम्बन्धमा समस्या नरहेको तर्क गर्दा गर्दै डा. महतले आफ्नै मुखबाट सबै कुरामा सहमति हुन नसक्ने र केहि कुरामा विमति रहेको तथ्य स्वीकार गरिदिए । ‘प्रधानमन्त्रीज्यू र मेरो सम्बन्धमा कुनै समस्या छैन्, बजेटबारे उहाँले पनि आफ्ना कुरा राखिरहनु भएको छ, हामीले पनि आफ्ना कुरा तथ्यका आधारमा राखिरहेका छौं । सिस्टमभित्र हाम्रो छलफल हुन्छ, सबै कुरा मिल्छ भन्ने छैन्, केहि कुरामा फरक मत त भैहाल्छ नी ।’, डा. महतले पत्रकार सम्मेलनमा भनेका छन् । झट्ट हेर्दा प्रधानमन्त्री र अर्थमन्त्रीबीचको सम्बन्धमा अहिले दरार आएको जस्तो देखिन सक्छ । तर उनीहरुको सम्बन्ध भने प्रारम्भिक दिनदेखि नै ठिकठाक चलिरहेको थिएन । घट्नाक्रमहरुले नै स्पष्टसँग भनिरहेको छ की प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच प्रारम्भिक दिनदेखि नै खटपट थियो । त्यसलाई पुष्टि गर्ने केहि आधारहरु हेरौं । घट्ना नम्बर १ चालु आर्थिक बर्षको बजेट बनाउने तयारी भैरहेका बेला मर्जर र एफपीओमा कर … Continue reading अहिले होइन उहिल्यैदेखि खटपट थियो प्रधानमन्त्री र अर्थमन्त्री बीच, यस्ता छन् आधा दर्जन घटना