Shikhar Insurance

सरकारले आफूखुसी बढायो न्युनतम पारिश्रमिक, निजीक्षेत्र रूष्ट

साउन १ बाट मासिक १५ हजार पाउने
सिंहदरबार संवाददाता
२०७८ बैशाख २०, सोमबार १९:०७
NIMB
Nabil Bank

काठमाडौं । सरकारले साउन १ गतेबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै श्रम ऐन २०७४ को दफा १०६ ले दिएको अधिकार प्रयोग गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेका थिए । न्युनतम पारिश्रमिक बढाउने घोषणामा निजी क्षेत्रले सरकारले कोरोनाकालमा अप्रिय निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ पारिश्रमिक दरअनुसार साउन १ देखि श्रमिकले मासिक न्यूनतम १५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । जसमध्ये ९ हजार ३ सय ८५ रुपैयाँ आधारभूत पारिश्रमिक हो भने ५ हजार ५ सय १५ रुपैयाँ महंगी भत्ता हो ।

यस आधारमा श्रमिकले घन्टाको ७७ रूपैयाँ तथा दैनिक ५ सय ७७ रूपैयाँ पाउनेछन् । दैनिक ज्यालादारीको हकमा ३ सय ६१ रुपैयाँ आधारभूत श्रमिक तथा २ सय १६ रुपैयाँ महंगी भत्ता हो ।

यो पारिश्रमिक चिया बगान बाहेकका श्रमिकका लागि लागू हुनेछ ।

No description available.

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्