Shikhar Insurance

श्रीलंकाको जुक्ति : निषेधाज्ञा अटेर, संक्रमितको संख्या दैनिक हजार नकट्दै सेना परिचालन

सिंहदरबार संवाददाता
२०७८ बैशाख २०, सोमबार २०:५२
NIMB
Nabil Bank

एजेन्सी । कोरोनाभाइरसको महामारी प्रति दिन बढ्दै गएपछि महामारी न्युनिकरणका लागि श्रीलङ्कामा नयाँ आदेश जारी गरिएको छ । सरकारी स्वास्थ्य अधिकारीहरूले भिडभाड गर्न नदिने कुरालाई केन्द्रित गरेर आदेश जारी गरिएको जानकारी दिएका छन् ।

आदेशमा विवाह भोज, धार्मिक भेला, भिडभाड हुने कार्यक्रमलगायतलाई पनि प्रतिवन्ध लगाइएको उल्लेख गरिएको छ । श्रीलङ्कामा दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा रहेको पाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कोरोनाभाइरसको बेलायती प्रकारबाट प्रभावितहरूको मृत्यु दर पनि उच्च रहेको उनीहरूले जानकारी दिएका छन् । कोरोनाभाइरस महामारी न्युनिकरण प्रमुख तथा सेनापति शभेन्द्र सिल्भाले अनुगमनलाई तीव्रता दिइएको बए ।

विषेश गरेर गम्भीर प्रकृतिका विरामीहरु धेरै रहेको क्षेत्रमा अनुगमनलाई प्राथमिकता दिइएको पनि उनले जानकारी दिए । आर्थिक पक्ष धरासायी हुने डरले सरकारले पूर्ण लकडाउन लागु गर्न नचाहेकोले भिडभाड हुन नदिने व्यवस्था कार्यान्वयनमा जोड दिइएको बताइएको छ ।

अहिले जारी गरिएको आदेशमा यही मे २१ सम्म विवाह भोजलगायतका कार्यक्रमहरु गर्न नपाइने उल्लेख गरिएको छ । अर्को सूचना प्रकाशित नहुदाँसम्मका लागि अन्य भिडभाड हुने कार्यक्रम तथा सार्वजनिक समारोह नगर्न आग्रह गरिएको छ ।

आदेशमा जनाइएअनुसार, चलचित्र हल, बालबालिका खेल्ने खेल मैदान, पौडी स्थल, बार तथा रेस्टुरेन्टहरु, क्यासिनो र रात्रि क्लवजस्ता विलासी र मनोरञ्जनमूलक सेवालाई पनि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गर्नु पर्नेछ । उद्योग तथा पसलहरु भने २५ प्रतिशत क्षमता मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको आदेशमा उल्लेख छ ।

विद्यालयसहितका शैक्षिक संस्थाहरुलाई पनि अनिश्चितकालका लागि बन्द गर्न आदेश दिइएको छ ।

श्रीलङ्कामा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख नौ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने कम्तीमा ६८७ जनाको मृत्यु भइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्