Shikhar Insurance

बैशाख २७ः ओली सरकारसँगै एमालेको भविष्य टुंगीने दिन, के ओलीले जोगाउँछन् एकता ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार ०९:०५
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बैशाख २७ गते संसदको विशेष अधिवेशनमा ‘सरकारलाई संसदको विश्वास छ’ भन्ने प्रस्तावको सामना गर्ने तय गरेका छन् । अर्थात बैशाख २७ गते ओली सरकार राख्ने की हटाउने भन्ने विषयमा सांसदहरुको मत विभाजन हुनेछ ।

ओली सरकार राख्ने कि हटाउने भन्ने चावी भने एमाले बरिष्ठ नेता माधव कुमार नेपाल र उनको समुहसँग छ । ओलीले संसद विघठन गरेपछि तत्कालिन नेकपामै नेता नेपाल र ओलीबीच पानी बाराबारको अवस्था सृजना भएको थियो । संसद पुनःस्थापनापछि अदालतले नेकपाको एकता भत्कायो । एमाले र माओवादी केन्द्रलाई ब्युतायो । जब एमाले ब्युतियो तब ओलीले नेपाल समुहमाथि थप थिचोमिचो गर्न थालेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले आफ्नो समुहको बैठक राखेर महाधिवेशन आयोजक कमिटी बनाए, प्रचण्डको साथ छाड्ने माओवादी नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिए । फागुन २८ गतेको सो निर्णय नसच्चिएसम्म ओलीसँग सहकार्य हुनै नसक्ने बताउँदै आएको नेपाल समुह यतिबेला निर्णायक बनेको छ ।

ओलीलाई विश्वासको मत चाहिएको छ, उनी जनता समाजवादी पार्टी फुटाउने र सिंगो एमाले सांसदको मत लिएर प्रधानमन्त्रीमा कायम हुन चाहान्छन् । तर माधव नेपाल समुहले सर्त राखेको छ, पार्टी एकता र त्यसको बटम लाइन हो फागुन २८ को निर्णय फिर्ता ।

यतिबेला ओली यस्तो अवस्थामा पुगेका छन् की या त उनले सत्ताको चावी देउवा प्रचण्डलाई बुझाउनुपर्ने छ या त माधव नेपालहरुको सर्त स्वीकार गर्नुपर्नेछ ।
साढे दुई वर्ष भन्दा बढी समय सत्तामा बसेर ओलीले जे जे गरेका छन्, भोली देउवा नेतृत्वमा आए भने प्रचण्डले देउवाको बुई चढेर बदला लिन सक्छन् भन्नेमा ओली विश्वस्त छन् ।

उनी प्रचण्डको जोडबलमा देउवालाई प्रधानमन्त्री बनाउने अवस्था आउनै नदिने मनस्थितिमा छन् तर त्यसका लागि उनले माधव नेपालहरुको साथ पाउनुपर्छ । र माधव नेपालहरुको साथ पाउन ओलीले एमालेको एकता जोगाउनुपर्छ । त्यसको सर्त हो, फागुन २८ गतेको निर्णय फिर्ता ।

यतिबेला संसदमा नेकपा(एमाले)सँग १२१ जना सांसद छन् । तिमध्ये ३५ जना सांसद माधव नेपाल समुहसँग छ । नेपाली काँग्रेसँग ६१ सांसद छन् भने माओवादी केन्द्रसँग सभामुखसहित ४९ जना सांसद छन् । जनता समाजवादी पार्टीसँग ३२ सांसद छन् भने नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपाका एक एक जनागरि कुल ३ सांसद छन् ।

ओलीले माधव नेपाल समुहका ३० जना सांसदलाई स्पष्टीकरण सोधेर आफ्नो कित्ताबाट बाहिर पुर्याईसकेका छन् । महन्थ ठाकुर र राजेन्द्र महतो समुहलार्य जसपाबाट फुटाएर १५ जना सांसदको मत तान्ने प्रयासमा ओली छन् । एमालेको एकता कायम रहँदा जसपाबाट १५ सांसद तान्न सके ओलीको सत्ता जोगिन्छ । तर त्यसका लागि ओलीले एमालेको एकता भने जोगाउनुपर्नेछ ।

ओलीले सके बहुमतको सत्तालाई निरन्रता दिने नसके सबै भन्दा ठूलो दलका रुपमा पुनः प्रधानमन्त्री बन्ने योजना तय गरेका छन् । तर त्यसका लागि माधव नेपाल समुहले फ्लोर क्रस गरेर ओलीको विपक्षमा मत हाल्नुपर्नेछ । त्यसपछि ओलीले नेपाल समुहलाई कारवाही गर्नेछ । नेपाल समुहका ३५ सांसदको पद गुमेपछि ओलीको विपक्षमा बहुमत पुग्नेछ र ठूलो दलको संसदीय दलको नेताका रुपमा पुनः सपथ खाने ओलीको सपना पुरा हुने छैन् ।

त्यसो त, ठूलो दलको संसदीय दलको नेताका रुपमा प्रधानमन्त्री बन्दा पनि ओलीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । र अहिले विश्वासको मत नपाउँदा एक महिनापछि त्यस्तो मत पाउने सम्भावनै रहन्न । त्यतिबेला ओलीले पुनः संसद विघटन गरि निर्वाचन घोषणा गर्न सक्नेछन् ।

र फ्लोर क्रस गरिसकेपछि कारवाही सामना गर्नुपर्ने माधव नेपाल समुहले ओलीको सत्ता आरोहणलाई रोक्न भूमिका खेल्ने निश्चित छ । अर्थात, बैशाख २७ गते ओली सरकारको भविष्यसँगै एमालेको एकताबारे पनि निर्णय हुनेछ ।

के हुँदैछ तयारी ?
श्रोतका अनुसार ओलीले आफु निकट नेताहरु मार्फत माधव नेपाल समुहलाई मिलेर जान सकिने सन्देश पठाएका छन् । एमाले उप महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल मार्फत त्यस्तो प्रस्ताव अघि सारिएको छ । इश्वर पोखरेलहरु भने एमाले एकताको विपक्षमा खुलिसकेका छन् । २७ गते अघि नै माधव नेपालसँग निर्णायक वार्ता र सहमति गरि सत्ता र पार्टीको एकता जोगाउन ओलीले तत्परता देखाएका छन् । माधव नेपाल समुहले पनि फागुन २८ गतेको निर्णय फिर्ता लिएमा ओली सरकार जोगाउन भूमिका खेल्ने आश्वासन दिईसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्