Shikhar Insurance

१२४ बिलियन डलर सम्पतिका मालिक बिल गेट्सलाई श्रीमतिले छोडिन्, किन छुटे बिल र मेलिन्दा ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार १०:००
NIMB
Nabil Bank

काठमाडौं । माइक्रो सफ्टका मालिक बिल गेट्स र उनकी श्रीमति मेलिन्दा गे्टसले सम्बन्ध बिच्छेद गर्ने भएका छन् । २७ वर्ष लामो वैवाहिक जीवनबाट अलगग हुने जानकारी मेलिन्दाले आफ्नो ट्वीटरबाट गरेकी हुन् । मेलिन्दाले दुबैको बयान ट्वीटरमा राख्दै लेखेकि छिन्–‘हामीलाई लाग्दैन की अब हामी एकै भएर यात्रा अघि बढाउन सक्छौं ।’

धेरै सोचेर, सम्झेर आफुहरुले छुट्टिने निर्णय लिएको पनि मेलिन्दाले लेखेका छिन् । ‘धेरै सोधेर, सम्झेर अनि सम्बन्धमा काम गरेपछि हामीले आफ्नो वैवाहिक जीवन अन्त्य गर्ने निर्णय लिएका हौं’, उनले ट्वीटरमा लेखेकी छिन् । उनीहरुका तीन सन्तान छन् । उनीहरुले बिल एण्ड मेलिन्दा गेट्स फाउण्डेशन मार्फत विश्वभर स्वास्थ्य र जीवन यापनबारे काम गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्बन्ध बिच्छेद गरे पनि फाउण्डेशनको कामलाई भने संगै मिलेर अघि बढाउने प्रतिवद्धता पनि उनीहरुले गरेका छन् । आफुहरुको निर्णयलाई पारिवारिक निर्णयका रुपमा सम्मान गरिदिन पनि उनीहरुले अपिल गरेका छन् । सन १९८० को दशमा बिल र मेलिन्दाको भेट भएको थियो । त्यतिबेला मेलिन्दा माइक्रोसफ्टमा काम गर्थिन् ।

‘गिभिङ प्लेज’ नामको अभियान मार्फत उनीहरुले फाउण्डेशन अघि सारेका थिए । त्यसमा अर्का डलर अर्बपति वारेन बफेटको पनि भूमिका थियो । यसले अर्बपतिहरुलाई आफ्नो सम्पतिको ठूलो हिस्सा समाजिक उत्थानमा खर्च गर्न दान दिन्छ । फोर्ब्स म्यागेजिनका अनुसार १२४ बिलियन डलर सम्पतिसहित बिल गेट्स संसारका चौथो धनी व्यक्ति हुन् । १९७० को दशकमा गेट्सले माइक्रोसफ्टको स्थापना गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्