Shikhar Insurance

सीईडीबी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार १०:२६
NIMB
Nabil Bank

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीको आईपीओमा सोमबारसम्म १५ लाख आवेदन परेको थियो । कम्पनीको सेयरमा सोमबार साँझ ५ बजेसम्म १५ लाख ३ सय ६४ जनाले २ करोड ३० लाख ७३ हजार २ सय ३६ कित्ता सेयर माग गरेका हुन् ।

सीईडीबीको २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ शुक्रबार बाट खुलेको हो । लगानीकर्ताले मंगलबारसम्म आवेदन दिन पाउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कुल निष्काशनमध्ये १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर सामूहिक लगानी कोषलाई र ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्छन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २ सय ३० कित्तासम्म आवेदन दिन सकिनेछ ।

आइपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ । आवेदन गर्नेमध्ये २ लाख ३४ हजारलाई १०–१० कित्ता आइपीओ पर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्