Shikhar Insurance

कर विवरण तथा कर दाखिला गर्ने म्याद थप्न चेम्बरको अनुरोध

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार १४:२४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारलाई कर तिर्ने अवधि बढाउन सरकारलाई आग्रह गरेको छ । निषेधाज्ञाका कारण उद्योग, व्यवसाय तथा कार्यालय बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको छैन ।

सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि चेम्बरले नेपाल सरकार समक्ष अनुरोध गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड—१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्