Shikhar Insurance

नेप्सेमा झिनो सुधार, कारोबार रकम ६ अर्बमाथि

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार १५:१८
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । नेप्से परिसुचक १.९४ अंकले बढेर २६५४.६९ अंकमा पुगेको हो ।

अघिल्लो दिन दोहोरो अंकले घटेको सेयर बजार मंगलबार बढेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्से बढ्दा बजारमा कारोबार रकम उल्लेख्य छ । बजारमा ६ अर्ब ५ करोड रूपैयाँको सेयर किनबेच भएको हो । कारोबार रकम अघिल्लो दिन भन्दा सामान्य कम हो ।

मंगलबारको बजारमा २ सय १३ स्क्रिप्टको कारोबार भयो । बजारमा ६८ हजार कारोबारमार्फत् १ करोड ३० लाख कित्ता सेयर किनबेच भए ।

कारोबार अवधिभर अस्थिर रहेको बजारमा बैंकिङ लगायत ७ समूहको उपसूचक घटेपनि नेप्सेमा गिरावट आएन । नेप्से बढेको दिन एनसीसी बैंकको सर्वाधिक २३ करोड रूपैयाँको सेयर किनबेच भएको छ । समता लघुवित्त महिला लघुवित्तसहित ९ कम्पनीको सेयर मूलय करिब १० प्रतिशतले बढ्दा चन्द्रागिरी हिल्सको मूल्य सर्वाधिक १.९८ प्रतिशत (३९ रूपैयाँ)ले घटेको छ ।

निषेधाज्ञाका माझ पनि सेयर कारोबार रकममा देखिएको हौसला घटेको छैन ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्