Shikhar Insurance

एभरेष्ट इन्स्योरेन्सका लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर, मर्जरको प्रस्ताव पनि

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले लगानीकर्ताहरुलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैशाख १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो । बोनस सेयर दिने प्रयोजनका लागि जेठ १० गतेको साधारण सभाले सो बोनस सेयर पारित गर्नेछ । बैशाख २९ गते कम्पनीले बुक क्लोजको मिति तोकेको छ ।

एभरेष्टले मर्जर र एक्विजिशनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सोही साधारण सभाबाट गर्नेछ । कम्पनीले प्रबन्ध पत्र नियमावलीमा सामुहिक लगानी कोष सञ्चालन गर्ने विषय थप्नेछ । एभरेष्टको साधारण सभा जुमबाट हुन लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्