Shikhar Insurance

उपत्यकाको निषेधाज्ञा एक हप्ता थपियो, अझै कडा बनाउने निर्णय

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार १५:५५
NIMB
Nabil Bank

काठमाडौं । राजधानीमा थप एक साता निषेधाज्ञा हुने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई एक साता लम्ब्याउने निर्णय गरेका हुन् । मन्त्रिपरिषदले जिल्ला प्रशासन कार्यालयलाई २९ गतेसम्म निषेधाज्ञा जारी गर्ने अख्तियारी दिएको थियो ।

वैशाख १६ गते देखि जारी गरिएको निषेधाज्ञा २२ गते राति १२ बजे सकिँदैछ । तीन वटै जिल्ला प्रशासन कार्यालयका सिडिओहरुले कोरोना संक्रमणको महामारी अझै भयावह बन्दै गएकाले निषेधाज्ञा अझै कडा पार्दै जाने निर्णय पनि गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्