Shikhar Insurance

सीईडीबी हाइड्रोपावरको आईपीओमा २ अर्ब ६३ करोड बढीको आवेदन, तपाईंलाई सेयर पर्ला ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार १७:१९
NIMB
Nabil Bank

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा २ अर्ब ६३ करोड ४५ लाख ५२ हजार ६ सय रुपैयाँ बराबरको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्ममा १७ लाख ३६ हजार ७ सय १ जनाले आवेदन दिएका छन् । सो मात्राका आवेदकले २ करोड ६३ लाख ४५ हजार ५ सय २६ कित्ता सेयरका लागि आवेदन दिएका हुन् ।

सीईडीबीको २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ शुक्रबारबाट खुलेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कुल निष्काशनमध्ये १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर सामूहिक लगानी कोषलाई र ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो । बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २ सय ३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।

आइपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ । आवेदन गर्नेमध्ये २ लाख ३४ हजारलाई १०–१० कित्ता आइपीओ पर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्