Shikhar Insurance

महासंघले भन्यो : कर तिर्ने समय थप गरिदिनुपर्‍यो

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार १९:०२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर राजस्वको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसंग अनुरोध गरेको छ । महासंघले कोभिड–१९ को नया भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भुभागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण सरकारलाई वुझाउनु पर्ने कर ढिलो तिर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

महासंघले सरकारको सम्बन्धित निकायमा पत्राचार गरी अहिलेको विषम परिस्थितिलाई मनन गरी मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कोभिड महामारिका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण वुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुंदा समय थप गर्न महासंघले आग्रह गरेको हो ।

अघिल्लो वर्षमा भएको लामो लकडाउन पछि तङग्रिन सुरु गरेको व्यापार व्यवसाय कोभिडको दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको छ ।

सार्वजनिक यातायातको संचालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्ण रूपमा संचालनमा आउन सकेका छैनन भने चलेका पनि अत्यन्त कम क्षमतामा संचालित छन् । महामारि कति लामो समय जान्छ यसै भन्न सक्ने अवस्था छैन । बन्दाबन्दीले अर्थतन्त्र चलायमान बन्न नसक्दा यससंग प्रत्यक्ष जोडिएका साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन बन्दै जानेयथार्थतालाई समयमै मनन गरी सरकारबाट उचित नीति सहितको सहयोग हुन समेत महासंघ अपिल गर्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्