Shikhar Insurance

लकडाउन/निषेधाज्ञाले सेयर बजारलाई थप बलियो बनाएको छः अध्यक्ष ढुंगाना

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार १९:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले लकडाउन/निषेधाज्ञाले सेयर बजारलाई थप बलियो बनाएको बताएका छन् । उपत्यकामा दोश्रो चरणको एक हप्ता निषेधाज्ञा थप्ने निर्णय भएपछि सिंहदरबारसँग कुरा गर्दै अध्यक्ष ढुंगानाले भने–‘अब लकडाउन।निषेधाज्ञाले सेयर बजारलाई छुँदैन, घरमै बसेर कारोबार गर्ने सुबिधा पाईएको छ, बजार अझै बलियो हुन्छ ।’

उनले लकडाउन तथा निषेधाज्ञाको अवधीमा पुँजी बजारको विकासमा पनि महत्वपूर्ण कामहरु भएको दावी पनि गरे । स्टक डिलर, बिशिष्टिकृत लगानी कोष, अनलाइनबाटै सेयर किनबेच लगायतका महत्वपूर्ण काम लकडाउन।निषेधाज्ञामै आएको पनि उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

बजार चलेकै छ, अनलाइनबाटै कारोबार सम्भव भएको छ । पाँच वटा बिशिष्टिकृत लगानी कोषलाई अनुमति पनि दिईसकेका छौं, यो बजार बलियो हुने समयका रुपमा स्थापित भैरहेको छ ।’, ढुंगानाले भने ।

उनले सूचिकृत कम्पनीहरुको वित्तिय विवरणहरु पनि राम्रा आएकाले अब अझै बजारका लागि सुखद दिन आउने पनि बताए । कोरोना संक्रमित लगानीकर्ताहरुलाई ब्रोकरले सेयर बेचेकै दिन २ लाखसम्म भुक्तानी दिने व्यवस्था गरेकोमा धन्यवाद पनि दिए । ब्रोकरहरुको यस्ता कदमले उनीहरु प्रति विश्वसनियता बढ्ने र बजार प्रति पनि सकारात्मक सन्देश जाने पनि उनले बताए ।

उनले अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङबारे छानविन अन्तिम चरणमा पुगेको जानकारी पनि दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्