Shikhar Insurance

सेयर बजार आलु व्यापारी झैं भयो, आलु रेस्टुरेन्ट जस्तो भएन

रवीन्द्र भट्टराई
२०७८ बैशाख २१, मंगलवार १९:१४
NIMB
Nabil Bank

हाम्रो सेयर बजार पनि आलु व्यापारिको आलु जस्तो भयो । आलु रेस्टुरेन्ट जस्तो बन्न सकेन । आलु व्यापारिकहाँ गएर हामीले पाउने त्यही बोराको काँचो आलु हो । जति गरे पनि त्यो भन्दा अरु केहि पाउने छैनौं ।

नेप्से र धितोपत्र बोर्ड त्यहि आलु व्यापारि भन्दा बढी हुन सकेनन् । यी संस्था स्थापना भएर आफ्नो काम गरेको २७ बर्ष विति सक्दा पनि साधारण सेयर भन्दा अर्को कुनै सोच्न सकेनन् । लगानीकर्तालाई साधारण सेयर भन्दा अर्को कुनै नया विकल्प दिन नसकेर ‘खाए खा नखाए घिच’ भन्ने बनाए ।

Citizen Life
Kumar Bank
Nepal Life

वास्तवमा आलु मात्र बेचेपनि मानिसका आवश्यकता र स्वाद अनुसार आलुलाई विभिन्न परिकारमा परिणत गर्न सकिन्छ । जस्तो उसिनेको आलु, पोलेको आलु, साँधेको आलु, आलु दम, फ्रेन्च फ्राइ, आलुको चुकाउनी, आलुको पकौडा, आलु परौठा, आलुको चिप्स, आलुको समोसा आदि आदि (तपाईंलाई थाहा भएका आलुका थप परिकार कमेन्टमा थप्न सक्नु हुन्छ) । किने त्यही साधारण सेयर बेचे त्यही साधारण सेयर । हामी अन्य कुनै विकल्प ल्याउन सक्दैनौ भने भएको विकल्प (साधारण सेयर) भित्र लुकेका अनेक सम्भावना खोजि गरौ र विकल्पको सिर्जना गरौ । जस्तो साधारण सेयरमा पनि कर्मचारी सेयर खरिद योजना (कम्पनीले कर्मचारीका लागि ल्याउन सक्ने योजना), लाभांश पुन लगानी योजना जस्ता विकल्प तत्काल ल्याउन सकिन्छ ।

साधारण सेयरसँग जोडिएका अनेक सम्भावना र विकल्प हुदा हुदै पनि कानुन र प्रविधिको अभावमा लगानीकर्ताले पाउन सकेनन् । कानुन धितोपत्र बोर्डले बनाउने हो भने उपयुक्त प्रविधि नेप्सेले भित्र्याउने हो।

हरेक वर्ष बजेट आयो त्यही दीर्घकालिन र अल्पकालिन कर, कमिशन घटाउने र बढाउने, आधुनिकि करण गर्ने, स्तर बृद्धि गर्ने, नेप्सेको निजिकरण गर्ने कुरामा २७ वर्ष विते । तर लगानी विकल्पको विस्तार र वृद्धि गर्नेमा यीनका ध्यान कहिलै जान सकेन । यी बोराको आलु व्यापारि कहिले बाट आलु रेष्टुरेन्टमा परिणत हुने हुन कुन्नि !

(सेयर विश्लेषक भट्टराईको फेसबुकबाट साभार)

GBIME

प्रतिक्रिया दिनुहोस्