Shikhar Insurance

ओली सरकार ढाल्ने काँग्रेसको निर्णय, माओवादीले समर्थन फिर्ता लियो

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार १९:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपाली काँग्रेसले ओली सरकार ढाल्ने निर्णय गरेको छ । आज बसेको काँग्रेस पदाधिकारीहरुको बैठकले ओलीलाई विश्वासको मत नदिएर सत्ताच्युत गर्ने निर्णय गरेको हो । त्यस्तै, नेकपा माओवादी केन्द्रले पनि ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आजै बसेको माओवादी स्थायी समिती बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादीले ओली इतरको सरकार गठनका लागि आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसदको विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने घोषणा गरेका छन् । सो दिनका लागि संसदको बैठक समेत आव्हान भैसकेको छ । यता, एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समुह भने ओलीसँग निर्णायक बार्गेनिङ गर्ने तयारीमा छन् ।

ओलीलाई विश्वासको मत दिएर सरकार जोगाउन, फ्लोर क्रस गरेर सरकार ढाल्ने वा त्यस अगावै सामुहिक राजीनामा दिएर ओली इतरको सरकार गठन हुने वातावरण बनाउने भन्नेबारे नेपाल समुह अन्तिम छलफलमा जुटिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्