Shikhar Insurance

‘हाम्रो ऋणपत्र अहिले लगानीका लागि सर्वोत्कृष्ट औजार हो’

सिंहदरबार संवाददाता
२०७८ बैशाख २२, बुधबार १२:५१
NIMB
Nabil Bank

काठमाडौं । देशका अधिकांश जिल्लामा आह्वान गरिएको निषेधाज्ञाका कारण व्यावसायीक गतिविधि ठप्प छ । कोभिड संक्रमणको जोखिम कम गर्न लगाइएको निषेधाज्ञाले गर्दा लगानीकर्ता आफूसँग भएको रकम नगद होल्ड गर्न वा बैंकमा जम्मा गर्न वाध्य छन् ।

आफूसँग नगद राख्दा केही लाभ हुँदैन । बैंकमा बचत गर्दा निकै कम ब्याज पाइन्छ । मुद्दती निक्षेपमा पनि ६–७ प्रतिशतको औसतमा ब्याज पाइन्छ । अरु व्यावसायीक गतिविधिमा लगानी गरेर प्रतिफल प्राप्त गर्ने अवसर नभएका बेला यतिबेला नेपाल बैंकको ऋणपत्र बिक्रीमा छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल बैंकले साढे ३ अर्ब को ऋणपत्र बिक्री आजदेखि खुला भएको हो । वार्षिक साढे ८ प्रतिशत ब्याज प्राप्त हुने १० वर्षे ऋणपत्र निष्काशन खुला भएको हो ।

असहज परिस्थितिमा अरु गतिविध ठप्प भएका बेला आफूसँग भएको रकम लगानी सुरक्षित ठाउँमा गरी उच्चतम प्रतिफल पाउने यो भन्दा राम्रो विकल्प अहिले छैन ।

नेपाल बैंकको ऋणपत्र किन किन्ने ? बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी भन्छन्, “नेपाल बैंकको ऋणपत्रमा लगानी गर्नु भनेको नेपाल सरकारको ट्रेजरी बोन्डमा लगानी गरेसरह सुरक्षित हो ।” उनले प्रतिफलको हिसाबले हालको सबैभन्दा उच्च प्रतिफलको प्रतिबद्धता गरेको दाबी गरे ।

“अहिलेको परिप्रेक्ष्यमा ८.५ प्रतिशत ब्याज उच्चतम हो,” अधिकारीले सिंहदरबारसँग भने, “नेपाल बैंक आफैं स्वस्थ, सबल र सक्षम बैंकको रुपमा आइरहेको छ । रिजर्भको हिसाबले हामी नेपालको सबैभन्दा ठूलो बैंक हौं ।” साथै व्यवसायीक सूचांकमा सुधार हुँदै आइरहेको उनले बताए ।

यसअर्थमा नेपाल बैंकले जारी गरेको डिबेन्चर लगानी गरी ढुक्कले प्रतिफल प्राप्त गर्ने औजार भएको उनको भनाइ छ ।

के हो ऋणपत्र ? नेपाल बैंक ऋणपत्रबाट कसरी हुन्छ लाभ ?
ऋणपत्रलाई अंग्रेजीमा डिबेन्चर भनिन्छ । कुल ऋण पुँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–साना इकाइमा विभाजन गरिएको अंश वा इकाइ ऋणपत्र हो । कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखितपत्र हो, ऋणपत्र ।

अर्थात् ऋणपत्र भनेको एउटा शर्तनामा, निश्चित समयमा निश्चित रकम, निश्चित प्रतिफलको दरमा लिन्छु भनेर कबुल गरेको खरिदर्ताको सम्पत्ति हो । बैंक तथा वित्तीय संस्थाका लागि डिबेन्चर पुरक पुँजीका रुपमा जारी गरेर अस्थायी रुपमा आफ्नो पुँजी पर्याप्तता कायम गर्ने औजार हो ।

ऋणपत्र पुँजी पर्याप्तताका लागि जारी गरिने अरु प्रकारका औजारभन्दा फरक हुन्छ । यसको अंकित मूल्य हुन्छ । कम्पनीले साधारण सेयर र अग्राधिकार सेयरलाई लाभांश बाँड्नुअघि नै ऋणपत्रका लगानीकर्तालाई प्रतिफल भुक्तानी गर्दछन् भने ऋणपत्र जारी गरेको संस्था नोक्सानीमा गए पनि लगानीकर्ताले प्राप्त गर्ने प्रतिफल कुनै बाधा पर्दैन ।

बैंक तथा वित्तीय संस्थाले ऋणपत्र खरीदकर्तालाई मुद्दती निक्षेपभन्दा बढी प्रतिफल दिने गरी आह्वान गर्दछन् । विशेष गरी जोखिम उठाउन नचाहने लगानीकर्ताका लागि लगानी गर्ने यो उपयुक्त औजार हो । ऋणपत्रको परिपक्व अवधि दीर्घकालीन हुने भएकाले बैंक तथ वित्तीय संस्थाका लागि आवश्यक पर्ने स्थिर सम्पत्ति खरिद गर्न ऋणपत्रमार्फत पुँजी उठाइन्छ ।

नेपाल बैंकले जारी गरेको ऋणपत्र पनि त्यस्तै हो । ८.५ प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७ नामको ऋणपत्र बिक्री भइरहेको छ । ३ अर्ब ५० करोड रुपैयाँमा ३५ लाख कित्ता (प्रति कित्ता १ हजार रुपैयाँ) दरमा ऋणपत्र बिक्री गर्न आह्वान गरिएको छ । जसमध्ये १४ लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । त्यसैगरी, सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् ७० हजार कित्ता दिइने छ भने बाँकी २१ लाख कित्ता बैंक आफैंले विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ ।

यो ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत प्रतिफल पाइन्छ । यसमा न्यूनतम २५ देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाइन्छ ।

बैंकको ऋणपत्र बिक्रीका प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ । इच्छुक लगानीकर्ताले छिटोमा वैशाख २६ गतेसम्म र ढिलोमा जेठ ५ गतेसम्म आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने उल्लेख छ ।

आवेदन दिनका लागि लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट दिन सक्नेछन् । यस्तै मेरोसेयरबाट पनि ऋणपत्रको आवेदन दिन सकिन्छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिङ्गल ए रेटिङ प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा कर्जा जोखिम न्यून भएको जनाउँछ ।

ऋणपत्र उच्चतम प्रतिफल दिने औजार हो भन्नेमा कुनै शंका छैन । १० वर्षको ऋणपत्र हरेक वर्ष मुद्दती खाता खोल्नुपर्ने र नवीकरण गर्ने झन्झट पनि यसमा हुँदैन । नेपालको अस्थिर अर्थतन्त्रमा अनुमान गर्न सकिने केही नभएपनि अरु बचतभन्दा ऋणपत्र नै सुरक्षित हो ।

बैंकहरुले पनि निक्षेपमा ६–७ प्रतिशत ब्यादजर दिने गरेको अवस्थामा ८.५ प्रतिशत उच्च प्रतिफल हो । यता, निक्षेपको ब्याजदरले कर्जामा प्रभाव पार्ने भएकाले निक्षेपको ब्याजदर धेरै हुँदैन । सोहीकारण पनि नेपाल बैंक ऋणपत्रको भन्दा मुद्दती निक्षेपको ब्याजदर बढी हुने अवस्था आउँदैन ।

अर्कोतर्फ कुनै कारण बढी ब्याजदरको कुनै वित्तीय औजार आइहाले पनि यो डिबेन्चरलाई दोस्रो बजारमार्फत् बेचेर त्यता लगानी गर्ने विकल्प रहन्छ ।

नेपाल बैंकको डिबेन्चरलाई मूल्यांकन गर्ने प्रशस्त आधारहरु छन् ।

व्यवस्थाअनुसार स्वतन्त्र क्रेडिट रेटिङ गर्ने संस्थामार्फत कुनै वित्तीय संस्थाले आफ्नो ऋण औजारको रेटिङ गर्नुपर्ने व्यवस्था छ । सोही आधारमा रेटिङ लिँदा सनराइज डिबेन्चर २०८३ ले ‘आईआर ए’ रेटिङ प्राप्त गरेको छ ।

‘ए’ को अर्थ यो औजारमा लगानी गर्दा जोखिम अति नै न्युन रहन्छ भन्ने हो । यसैगरी यो रेटिङले ऋणपत्रको प्रतिफल भुक्तानी निश्चित छ भन्ने पनि हो । दशौं वर्षमा पुगेर यो ऋणपत्रको साँवा र ब्याज प्राप्त गर्न कुनै समस्या छैन भन्ने संकेत पनि गर्दछ । यसकारण सर्वसाधारणले यसमा लगानी गर्दा हुन्छ । २५ हजार रुपैयाँ गोजीमा राखेर हिँड्नुभन्दा २५ कित्ता डिबेन्चर किन्नु राम्रो हुन्छ । हाम्रा नियमित खर्चमा कटौती गरेर पनि यस्तो बचत गर्दा अल्पकालमा राम्रो फाइदा हुन्छ ।

तर, ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले विभिन्न कोणबाट पनि सोच्नुपर्छ । लगानीकर्तामा नेपाल बैंक ऋणपत्रभन्दा राम्रो विकल्प आयो भने यो बेच्न सकिन्छ । वा, डिबेन्चरलाई धितो राखेर सतप्रतिशत ऋण लिन पनि सकिन्छ ।

चाहेको जुनसुकै बेला ऋणपत्र प्रयोग गरेर आफ्नो समस्या टार्न सकिन्छ । चाहे दास्रो बजारमा बेचेर होस् वा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर । त्यसकारण भोलि चाहिने खर्च वा विनियोजन गर्न कसैले पैसा रोकेर राखेको छ भने त्यो रकम ऋणपत्रमा खर्च गरे हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्