Shikhar Insurance

केपी ओलीका ‘भित्रिया’ व्यवसायी सुरज वैद्यले कमिसन नपाउँदा रोकियो कोभिड खोप

सिंहदरबार संवाददाता
२०७८ बैशाख २२, बुधबार १२:३०
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको खास भित्रिया व्यवसायीका रुपमा चिनिएका सुरज वैद्यले कमिसन नपाउँदा कोभिड खोप रोकिएको खुलासा भएको छ । स्वयं स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले नै विचौलियाले कमिसन नपाएपछि भारतीय कम्पनी सिरमबाट खरिद गरेको खोप नेपाल आउन नदिएको आरोप लगाएका हुन् । सिरमले नेपालमा बेच्ने कोभिड खोपको नेपाली प्रतिनिधी हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालि हो । यो कम्पनीमा विजय दुगडको लगानी छ, जसमा अप्रत्यक्ष लगानी ओली निकट व्यवसायी सुरज वैद्यको पनि छ ।

गत पुस २० गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा कोभिड–१९ विरुद्धको खोप उत्पादक कम्पनी वा तिनका नेपालस्थित प्रतिनिधिसँग खोप खरीद गर्नेसहितका प्रावधान समेटिएको खोप प्रयोग र प्राप्ति सम्बन्धी मापदण्ड अनुमोदन गरेको थियो । मापदण्डमा सार्वजनिक खरीद ऐन, २०६३ को दफा ४१ को उपदफा १ बमोजिम खोप सोझै खरीद गर्ने विषय उल्लेख थियो । त्यसमा खोप खरिदमा अधितम १० प्रतिशत ननाघ्ने गरि मुनाफा तोक्न सकिने व्यवस्था गरिएको थियो । सोही बुँदामा टेकेर हुकुमले कमिसन मागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

भारतले नेपाललाई उपहारमा २० लाख डोज खोप दिएको थियो । नेपालले थप २० लाख डोज खोप खरिद गर्ने निर्णय गर्यो । सो खोव प्रति डोज चार डलरमा खरिद गर्ने सम्झौता भएको थियो । १० लाख डोज खोप आईसकेपछि बाँकी १० लाख डोज ल्याउने प्रक्रिया रोक्न वैद्यले भूमिका खेलेका हुन् ।

कम्पनीले हुकुमलाई स्थानीय प्रतिनिधी तोकेर १० प्रतिशत कमिसनका लागि बार्गेनिङ भैरहेको र त्यसले गर्दा २७ दिनसम्म खोप ल्याउन नसकिएको पनि मन्त्री त्रिपाठीले उल्लेख गरेका छन् । नेपाली एजेण्टले सिरमलाई कन्भिन्स गरेर १० प्रतिशत कमिसन दिन दबाव दिएको पनि उनले आरोप लगाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्