Shikhar Insurance

आफ्नालाई कारवाहीको डण्डा चलाएर देउवाको दैलोमा विश्वासको मत ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख २२, बुधबार २०:१०
NIMB
Nabil Bank

काठमाडौं । आफ्ना पुराना सहपाठी र अग्रजहरुमाथी कारवाहीको डण्डा चलाएर प्रधानमन्त्री केपी ओली प्रमुख प्रतिष्पर्धी नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको दैलोमा विश्वासको मत माग्न पुगेका छन् । पुर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता माधव कुमार नेपालसहित चार नेतालाई ओलीले कारवाही गरिसकेका छन् । पार्टीका होनाहार ३० जना सांसदलाई स्पष्टीकरण सोधेर कारवाहीको तरबार धारिलो बनाएर बसेका छन् ।

आफ्नै घरका सहपाठीहरुलाई घरबाट घोक्रेठ्याक लगाउने अन्तिम तयारीमा रहेका ओलीले सधै प्रतिष्पर्धा गरेको र भोली पनि भिड्नुपर्ने छिमेकी देउवाको दैलोमा पुगेर विश्वासको मत मागेका हुन् । बुधबार आफु निकट आधा दर्जन भन्दा बढी नेताहरुलाई लिएर ओली देउवा निवास बुढानिलकण्ठ पुगेर सहयोगको याचना गरि फर्केका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

माधव नेपाल समुहलाई कन्भिन्स गर्न सक्दा ओलीले सहर्ज विश्वासको मत पाउन सक्छन् । अर्थात एमालेको एकता जोगाउँदा ओलीको प्रधानमन्त्री पद जोगिन्छ । तर ओली एमाले एकता भत्काएर महन्थ ठाकुर राजेन्द्र महतो हुँदै देउवाको ढोकासम्म पुगिरहेका छन् । घरकालाई पाखा लगाएर छिमेकी फकाउँदै हिडेपछि आफ्नो सत्ता जोगिने विश्वास ओलीमा देखिन्छ ।

सम्भवतः ओलीले अबको केहि दिनमै देउवासँग सत्ता साझेदारीको प्रस्ताव गर्न पछि पर्ने छैनन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्