Shikhar Insurance

‘हुकुम’ भन्छः हामीले मागेका छैनौं, उल्टै पाउनुपर्ने कमिसन छाड्यौं

सिंहदरबार संवाददाता
२०७८ बैशाख २३, बिहीबार ११:३०
NIMB
Nabil Bank

काठमाडौं । हुकुम डिस्ट्रिब्युटर्सले कोभिसिल्ड खोप आयातमा आफूहरुले कमिसन नमागेको र उल्टै पाउनुपर्ने सेवा शूल्क पनि नलिएको दाबी गरेको छ । सिरिम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिसिल्ड भ्याक्सिनको आधिकारिक विक्रेताले आफूले पाउनुपर्ने सेवा शूल्क नलिएको बताएको हो ।

कम्पनीले भनेको छ, “हामीले समन्वय गरेका हौं । यसबाट पाउनुपर्ने सेवा शूल्क पनि महामारीको उत्तरदायित्व महसुस गरी नलिने निर्णय गरेका थियौं ।”

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले सिरमको बचाउ गर्दै कम्पनीमा आगलागी र भारतमा महामारीका कारण खोप अभियान प्रभावित भएको बताएको छ । कम्पनीले भनेको छ, “नेपालमात्रै होइन, अग्रिम भुक्तानी गरिसकेका कयौं देशमा खोप पठाउन सकिएको छैन ।”

हुकुम डिस्ट्रिब्युटर्स व्यवसायी सुरज वैद्य र विजय दुगडको कम्पनी हो ।

यस्तो छ, हुकुमले जारी गरेको प्रेस विज्ञप्तिः

GBIME

प्रतिक्रिया दिनुहोस्