Shikhar Insurance

नेप्से १२.४७ अंकले ओरोलो, कारोबार ६ अर्ब ८१ करोड माथि, ८ कम्पनीका लगानीकर्ता मालामाल

सिंहदरबार संवाददाता
२०७८ बैशाख २३, बिहीबार १५:३९
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक १२.४७ अंकले घटेको छ । परिसूचक ओरालो लागे पनि कारोबार रकम भने ६ अर्ब ८१ करोड पुगेको छ । बिहिबार नेप्से परिसूचक २६३७.१३ अंकमा झरेर बजार बन्द हुँदा २१६ कम्पनीको एक करोड ५९ लाख ८० हजार ८ सय १५ कित्ता सेयर किनबेच भएको हो ।

बैंकिङ, फाइनान्स र इन्भेष्टमेन्ट बाहेकका सबै उप समुहहरु बिहिबार ओरालो लागेका छन् । यी उप समुह भने क्रमशः बैंकिङ ७.११, फाइनान्स ३.८५ र इन्भेष्टेमन्ट ०.१५ अंकले उकालो लागेको थिए । बिहिबार खानीखोला हाइड्रो पावर कम्पनी र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर १०।१० प्रतिशतले बढेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, महिला लघुवित्त वित्तिय संस्थाको सेयर ९.९९ र समता घरेलु लघुवित्तको सेयर पनि ९.९२ प्रतिशतले बढेको छ । रुरु जलविद्युतको ९.९१ प्रतिशत र युनियन हाइड्रो पावर लिमिटेडको सेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ । जोशी हाइड्रो पावर कम्पनीका लगानीकर्ताले पनि ९.४९ प्रतिशत कमाउन सफल भएका छन् । लक्ष्मी विकास बैंकका लगानीकर्ता पनि ९.४९ प्रतिशत कमाउने सूचिमा परेका छन् ।

बिशाल बजार कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ भने सिंगटी हाइड्रोको सेयर ९.०७ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्