Shikhar Insurance

अस्ट्रेलियाबाट पेरूमार्फत् ई–सेवा मनि ट्रान्स्फरमा पैसा पठाउन मिल्ने

सिंहदरबार संवाददाता
२०७८ बैशाख २३, बिहीबार १६:३०
NIMB
Nabil Bank

काठमाडौं । पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको ई–सेवा मनि ट्रान्स्फर र अस्ट्रेलियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अस्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स् भुक्तानी गर्न अझ सहज भएको छ ।

नेपालीहरूले आफ्नो कम्युटर तथा मोबाईलबाटै कम लागतमा आफ्नो बैंक एकाउन्टमा तथा ई–सेवा वालेमा रियल टाइममा रेमिट्यान्स् पठाउन सकिनेछ । साथै पेरू रेमिट मार्फत पठाएको रकम ई–सेवा मनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जाल बाट पनि भुक्तानी लिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्झौतापछि ई–सेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने, “पेरू रेमिटसँगको सहकार्यले गर्दा हामीलाई अस्ट्रेलियामा रहनुभएको नेपाली दाजुभाइलाई नेपालमा पैसा पठाउने भर पर्दो माध्यम बनेको छ । यो सम्झौताले अन्तराष्ट्रिय विपे्रषणलाई डिजिटलिकरण गर्ने तथा गुणस्तरिय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पु¥याउने छ ।”

यस्तै पेरू रेमिटका प्रबन्ध निर्देशक इश्वर दाहालले भने, “अस्ट्रेलिया बसी हमी नेपालीले नेपालमा आफ्ना आफन्तलाई पैसा पठाउँदा व्यहोर्नुपर्ने झञ्झट र पुग्छ की पुग्दैन भन्ने डरलाई प्रविधिको प्रयोगबाट सुरक्षित सरल र बैधानिक माध्यमको रूपमा नेपाल पैसा पठाउन नेपालकै एक अग्रणी फिनटेक ई–सेवासँग सहकार्य गरि पेरू रेमिट अस्ट्रेलियाको रेमिट्यान्स् सेवा लिएर तपाईँहरूको सेवामा आएका छौँ । साथै विभिन्न गैरकानुनी ढंगबाट देशमा भित्रिने रेमिट्यान्स्लाई वैधानिक तवरले भित्राउँदा देशको अर्थतन्त्रमा पनि केही टेवा पुग्ने आशा राखेको छु ।

पेरू रेमिट अस्ट्रेलियामा आधारित रेहर रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो, जहाँबाट अस्ट्रेलियामा रहेका नेपालीहरूले सहज, सुरक्षित र कम लागतमा रेमिट्यान्स् पठाउन सकिन्छ । पेरू रेमिटले डिजिटल माध्यमबाट छिटो, सस्तो र सुरक्षित तवरले रेमिट्यान्स् पठाउन सकिने सेवा दिँदै आएको छ ।

ई–सेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट ई–सेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ ।

ई–सेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त ई–सेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्