Shikhar Insurance

निषेधाज्ञा लगाएर सरकार निन्द्रामा मस्त, युवा संघ नेपाल देशैभरी उद्धार एवं सहयोगमा व्यस्त

सिंहदरबार संवाददाता
२०७८ बैशाख २३, बिहीबार १८:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले देशैभरी स्वयंसेवक परिचालन गरेको छ । देशैभरी कोरोना भाईरसबाट संक्रमित, मृत्यु हुनेको संख्या बढिरहेको तथा लकडाउनका कारण पीडितहरुको उद्धार, व्यवस्थापन एवं सहयोग गर्ने काम ति स्वयंमसेवकहरुले देशैभरी गरिरहेका छन् ।

युवा संघ नेपालका उपमहासचिव एवं प्रवक्ता संजिप राईले देशैभरी हजारौं स्वयंसेवक परिचालन गरी सहयोग गर्ने काम जारी रहेको बताए । जिल्ला–जिल्लामा युवाका स्वयंसेवकले पीडितको उद्धार तथा व्यवस्थापन कसरी हुन्छ भन्ने बिषयमा जिल्ला स्तरमा समन्वय गरेर काम गरिरहेको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

बाँके जिल्लामा दैनिक ४–५ सय संक्रमित थपिने र दैनिक ८–१० जना संक्रमितको मृत्यु हुने कारणले जिल्लाको अवस्था गम्भिर बन्दै गईरहेको छ । मृतकको शव ब्यवस्थापनमा समस्या उत्पन्न भईरहेका बेला युवा संघका स्वयंसेवकको सहयोगमा अहिजे सहज भएको छ । युवा संघको केन्द्रीय कमिटीको निर्देशन अनुसार बाँके जिल्लामा स्वयंसेवकहरु कोरोनाका कारण मृत्यु हुनेको शव ब्यवस्थापनमा जुट्दै आएका छन् ।

१५ बैशाखदेखि दैनिक रुपमा कोरोना संक्रमितको शव ब्यवस्थापनमा खटिदै आएको युवा संघको टोलिले हालसम्म ७ वटा कोरोना संक्रमितको शव ब्यवस्थापन गरिसकेको युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले बताए । त्यस्तै बैजनाथ गाउँपालिका अन्तरगत रहेको वडा नम्बर ५ र ६ मा एक अटोरिक्साको समेत ब्यवस्था गरेर पिसिआर चेकजाँच जस्ता कुरामा स्थानियलाई युवा संघका स्वयंसेवकले सेवा दिईरहेका छन् ।

‘यो कोरोना महामारीमा हामी युवाहरुको पनि केही जिम्मेवारी छन्, त्यसैले हामि युवाहरू कोरोना संक्रमितको उपचार सहयोगको लागि र संक्रमितको शव ब्यवस्थापनमा खटिदै आएका छौं’ रसाईलीले भने, ‘यो महामारीको समयमा कसैलाई आरोप लगाउँनुभन्दा पनि आफ्नो स्थानबाट जे गर्न सकिन्छ त्यो गर्दा राम्रो हुनेभएकोले हामीले यसतर्फ ध्यान दिएका छौं ।’

कोरोना संक्रमणको दोस्रो लहर संगै बाँकेका कुनै पनि स्थानिय तह कोरोना संक्रमण र मृत्युको सिलसिलाबाट अछुतो छैन । स्थानिय तहमा कोरोना संक्रमणसंग लड्न जुन किसिमले तयारी गर्नु पर्ने थियो त्यो नहुदा कोरोनाको दोस्रो लहरले स्थिति भयावह बनेको छ । यतिबेला संक्रमितको उपचार, आइसोलेसन, अक्सिजनको सुबिधा र शव ब्यवस्थापन जस्ता कुरा गर्न स्थानिय तहलाई समस्या बन्दै गएको यथार्थका बिच युवा संघ नेपालले गरेको कार्य महामारीको समयमा उदाहरणीय रहेको युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले बताए ।

थापाले युवा संघ लुम्बिनी प्रदेशले प्रदेशका सबै कमिटी र युवा संघसंग आस्था राख्ने सबैलाई कोरोना महामारी संग लड्न हातेमालो गर्न र संक्रमितको उपचारमा सहयोग पुर्याउँन लागि रहेको बताए ।

युवा संघ नेपालको टिम बिहानै देखि उद्दार, उपचारमा सहयोग र शव ब्यवस्थापनको लागि खटिदै आएको र आउने दिनमा समेत सो कार्यलाई निरन्तरता दिने युवा संघ नेपालका महासचिव दिपक जिएमले बताए ।

यसैगरी युवा संघ नेपाल विराटनगर महानगर कमिटीले आज विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरी ५३ पिन्ट रगत दान गरेका छन् । रक्त संचार केन्द्रमा समेत रगतको चरम अभाव भईरहेको समयमा युवा संघले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरी रक्तदान गरेको हो ।

संकलित रगत नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र विराटनगरलाई उपलब्ध गराएको युवा संंघ नेपाल महानगर कमिटीका अध्यक्ष सुरेन शाक्याले बताए । अध्यक्ष शाक्यले महामारीका कारण रक्तदान कार्यक्रम नहुदा बिरामीलाई आवश्यक पर्ने रगत पाउँन समेत कठिनाई रहेकाले थोरै भएपनि यसले सहज हुने बताए ।

कोभिड १९ को समस्या, समन्वय र सहयोगका सम्बन्धमा संघका तर्फवाट आवश्यक समन्वय एवं संयोजन गर्नका लागि संघका उपाध्यक्ष नितेश पौडेलको संयोजकत्वमा “कोभिड १९ केन्द्रीय सहयोग समन्वय समिती” गठन गरिएको छ ।

समितिले आवश्यक योजनाहरुको तय, कार्यान्वयन एवं विभिन्न कार्यक्रमहरु गरिरहेको छ । संघका केन्द्रीय उपाध्यक्ष पौडेलको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय स्वास्थ्य विभाग, युवा शक्ति विभाग, जनस्वयंसेवक विभाग, बागमती प्रदेश इन्चार्ज, सह–इन्चार्ज र अध्यक्ष, प्रचार विभाग, कार्यालय विभाग, आर्थिक विभाग, गैर भौगोलिक प्रदेश कमिटीका ईञ्चार्ज, सहईञ्चार्ज र अध्यक्ष समितिको सदस्य रहेका छन्

यसैगरी काठमाडौं उपत्यकाबाट घर जाने अलपत्र परेका नेपालगन्जका १४० जना, झापाका ९० जना, दाङ र रोल्पा जाने यात्रुहरुलाई गाडी व्यवस्थापन समेत गरेर घर पुर्याउँने काम युवा संघले गरेको संयोजक पौडेलले बताए ।
कोरोना तथा लकडाउँनका कारण देशैभरी बिभिन्न समस्यामा रहेकाहरुको उद्धार, व्यवस्थापन, सहयोग लगायतका काम युवा संघले जारी नै राख्ने संघका सचिवालय सदस्य सुभाष साहले बताए ।

अहिले देशैभरी कोरोना भाइरस तथा लकडाउनका कारण धेरै मान्छे पीडामा रहेकाले उनीहरुलाई सक्दो सहयोग गर्नु आफूहरुको दायित्व रहेको स्वयंसेवकहरु बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्