Shikhar Insurance

एनएमबी बैंकको ऋणपत्र आउँदै, वार्षिक साढे ८ प्रतिशत प्रतिफल पक्का

सिंहदरबार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार १०:०५
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि बैक लिमिटेडले २ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र जेठ २ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

२० लाख कित्तामध्ये १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने तथा ८ लाख कित्ता सर्वसाधारणका निष्काशन गरिनेछ । जसमध्ये ५% अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७ लाख ६० हजार कित्तामा सर्वसाधारण लगानीकैर्ताले आवेदन दिन पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले १० वर्ष अवधिको वार्षिक साढे ८ प्रतिशत व्याजदर भएको “एनएमबि ऋणपत्र ८.५०%, २०८७/८८” जारी गर्ने भएको हो ।

उक्त ऋणपत्रमा लगानीकर्ताले जेठ २ गतेदेखि छिटोमा जेठ ५ गते र ढिलोमा जेठ १६ गतेसम्म न्यूनतम २५ कित्तादेखी अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्छन् ।

लगानीकर्ताले सिद्धार्थ क्यापिटल, एनएमबि बैंकका सम्पूर्ण शाखा कार्यालय, सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरोसेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्रको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल हो । बैंकलाई इक्रा नेपालले इक्राएपी आईआर ए माइनस रेटिङ प्रदान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्