Shikhar Insurance

‘राष्ट्रपतिसँगको छलफलले उत्साह भरेन, प्रधानमन्त्रीसँग भेट भएकै छैन्’

सिंहदरबार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार ११:०३
NIMB
Nabil Bank

काठमाडौं । पार्टी एकता जोगाउन अन्तिम कसरतमा रहेका नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल र राष्ट्रपति विद्या भण्डारीबीच बिहिबार साँझको छलफलले पनि उत्साह नभरेको नेताहरुले बताएका छन् ।

राष्ट्रपति भण्डारीसँग बरिष्ठ नेता नेपालले करिब २ घण्टा छलफल गरेका थिए । छलफलमा भण्डारीले मिलेर अघि बढ्नु भन्ने सुझाव बाहेक मिल्नका लागि कुनै ठोस वातावरण बनाउने तर्फ भूमिका नखेलेको श्रोतले बतायो । ‘छलफल भयो तर ठोस प्रगति हुने गरि उत्साह भरेन्, खाली झुलाउने र समय कटाउने खेल जस्तो मात्रै देखियो’, उच्च श्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

श्रोतका अनुसार प्रधानमन्त्री केपी ओली पनि शितल निवास भेटमा सहभागी भन्ने चर्चामा पनि कुनै सत्यता छैन् । ‘शितल निवासमा प्रधानमन्त्री ओलीसँग भेट भएको होइन, राष्ट्रपतिसँग मात्रै कुरा भएको हो’, माधव नेपाल निकट एक नेताले भने ।

शुक्रबार निर्णायक छलफल गर्ने भनिएपनि ओली पक्षबाट कुनै ठोस पहल नभएको पनि ति नेताले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्