Shikhar Insurance

भ्रममा नपर्नुस्, कुनै सहमित भएको छैन, ‘बटमलाइन’ फागुन २८ को निर्णय फिर्ता : माधव नेपाल

सिंहदरबार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार ११:५९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विवादबारे अहिले सम्म कुनै सहमति नभएको बताएका छन् । २०७७ फागुन २८ गते र त्यसपछि बसेका कथित बैठक र भएका निर्णय फिर्ता लिनु पर्ने तथा २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरूको बटम लाइन भएको बताउँदै उनले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहेको बताए ।

नेपालले भनेका छन्, “सुदृढ र एकतावद्ध एमाले चाहेका हौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं ।” नेपालले यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन उनले आह्वान पनि गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्