Shikhar Insurance

१४ सांसदलाई कोरोना संक्रमण तर गोप्य राखियो रिपोर्ट, सबै अनभिज्ञ

सिंहदरबार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार १४:५३
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधी सभाका १४ जना सांसदलाई कोरोना संक्रमण भएको छ । बैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि स्वाब परिक्षण गर्दा १४ जना सांसद संक्रमित रहेको रिपोर्ट आएको हो ।

संसद सचिवालयमा १४ जना सांसद संक्रमित भएको रिपोर्ट आईपुगेको छ । तर कुनै पनि सांसदलाई त्यसबारे जानकारी दिईएको छैन् । उनीहरु निष्फिक्री हिडडुल गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

संसद सचिवालय श्रोतका अनुसार नेकपा(एमाले)का ८ जना, जसपाका ४ र नेपाली काँग्रेसका २ जना सांसदलाई कोरोना संक्रमण भएको छ । सांसदहरुलाई कोरोना लागेको सूचना किन नदिएको भन्ने प्रश्न गर्न खोज्दा संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेको फोन उठेन् ।

संसद सचिवालयले कोरोना संक्रमण सम्बन्धी रिपोर्ट गोप्य राखेका छ भने स्वब परिक्षण गरिएको टेकु अस्पतालले पनि कुनै जानकारी दिएको छ्रैन् । सांसदहरुको कोरोना संक्रमण सम्बन्धी रिपोर्ट के कति कारणले र कसको आदेशमा गोप्य राखिएको हो भन्ने तथ्य भने एकिन भएको छैन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्