Shikhar Insurance

सुन तस्करको गिरोह पक्राउ, साढे २ अर्ब विगो कायम गरी मुद्दा

सिंहदरबार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार १५:०३
NIMB
Nabil Bank

काठमाडौं । राजस्व अनसुन्धान विभागले ३ जना सुन तस्करहरूविरूद्ध २ अर्ब ४३ करोड रूपैयाँ विगो कायम गरी मुद्दा हालेको छ । विभागले दुई भारतीय र एक नेपालीले पटकपटक सुन तस्करी गरेको प्रमाणसहित उच्च अदालत हटौंडामा मुद्दा हालेको हो ।

हेटौंडाको रातोमाटे चेकपोष्टमा चेकजाँचको क्रममा बिल बिनै बसमा लैंजादै गरेको ६ किलो २ सय ८९ ग्राम ३ सय ५० मिलिग्राम सुन बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

अनुसन्धानका क्रममा भारतको कर्नाटक राज्यका अब्दुल मजिद अनेकल, महाराष्ट्रका रोशन पटेल भिनिने लुखमनुल हाकिम र यस इम्पोर्ट एन्ड एक्सपोर्ट कन्सर्नका सञ्चालक राजेश गुरुङ्गले पटक पटक सुन तस्किरी गरेको फेला परेको हो ।

यी ३ जनाले हकमा कुल २ अर्ब ४३ करोड ८६ लाख ८० हजार ३ साय १६ रुपैयाँ राजस्व छलेको आरोप छ । यस्तै गुरुङले यस इम्पोर्टबाट ४ करोड ३० लाख १९ हजार ४ सय ३२ रुपैयाँ, भैरव स्टोर्सका सञ्चालक सञ्जिव श्रेष्ठले ४ करोड ५६ लाख र काठमाडौंका शंकर घिमिरेले चार लाख २९ हजार रुपैयाँ राजस्व छलेको आरोप विभागले लगाएको छ । विभागले विगो रकम असुल गरी सतप्रतिशत जरिवाना र कैद सजाय माग दाबी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्