Shikhar Insurance

ओलीसँग ‘उधारो सहमति’ नगर्न कार्यकर्ताको माधव नेपाललाई दबाव

सिंहदरबार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार १५:३२
NIMB
Nabil Bank

काठमाडौं । ‘राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन। राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन। युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुन्छ। जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।’, यो विचार हो एमाले नेतृ राम कुमारी झाक्रीको । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच पार्टी एकता जोगाउनेबारे छलफल भैरहँदा उनले खुट्टा नकमाउन नेपाललाई दबाव दिने उदेश्यले यस्तो स्टाटस फेसबुकमा लेखेक हुन् ।

अर्का एमाले कार्यकर्ता विकास ज्ञवालीले पनि ओलीको सत्ता टिकाउने काम नगर्न माधव नेपाललाई सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘यदी सघर्ष देखि कोहि थाकेको हो भने उसलाई ओलीको अनुचर बन्न जान छुट छ । ओलीको सत्ता टिकाउने कुनै पनि प्रकारका सहमति प्रतिगमनका साध्य मात्र हुन् । ती अस्विकार्य छन् ।’, ज्ञवाली नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको छोरा हुन र नेपाल पक्षिय युवा संघका पदाधिकारीको जिम्मेवारीमा छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्का एमाले कार्यकर्ता गौतम राईले पनि ओलीलाई सत्तामा राख्ने गरि हुने कुनै पनि समझदारी नगर्न भनेका छन् । उनले फेसबुकमा लेखेका छन–‘ख. ओलीलाई सत्तामै निरन्तर राखेर सहमति गर्ने गल्ती नगरियोस्‘
त्यो अर्को दुर्भाग्य हुनेछ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्