Shikhar Insurance

काम पटक्कै नगर्ने ९ ठेकेदार कालोसूचीमा, कसलाई कति वर्ष प्रतिबन्ध ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार १९:१३
NIMB
Nabil Bank

काठमाडौं । ९ वटा ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३को दफा ६३ को उपदफा १ बमोजिम ९  कम्पनीलाई कालो सूचीमा राखेको हो ।

कालो सूचीमा रहेको अवधिभर उनीहरूले कुनै पनि ठेक्कामा भाग लिन पाउने छैनन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यालयका अनुसार शिवराम कन्स्ट्रक्सन कम्पनीलाई ३ वर्ष, कौशिका इन्फोसिस इन्टरनेसनललाई १ वर्ष र अधिकारी निर्माण सेवा गोरखालाई २ वर्षको कालो सूचीमा राखिएको छ ।

यस्तै चिनियँ कम्पनीहरू सिनोस्टलि र सान्दोङ झाओइको जेभी तथा श्यामबाबु/ओम मित्र जेभीलाई २ वर्षका लाषि कालोसूचीमा राखिएको छ ।

राम्चे सिद्ध निर्माण सेवालाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । बेलका कन्स्ट्रक्सन र बराह गोबरग्यास तथा नवीकरण उर्जा प्रालि १ वर्षका लागि कालो सूचीमा राखिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्