Shikhar Insurance

२५ वर्षिय महिलाले एकै पटक जन्माईन नौ सन्तान, यस्तो कसरी सम्भव भयो ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार २०:३६
NIMB
Nabil Bank

काठमाडौं । मालीमा २५ वर्षिय एक महिलाले एकै पटक ९ सन्तानलाई जन्म दिएकी छिन् । हलिमा सिसे नाम गरेकी ति महिलाले मोरेक्कोको एक अस्पतालमा नौ सन्तानलाई जन्म दिएकी हुन् । माली सरकारले ति महिलाको रेखदेखको जिम्मा लिँदै मोरोक्को पठाएको थियो ।

बीबीसीसँग हलिमाका पतिले भनेका छन् की उनी नौ सन्तानका पिता पति बन्न पाउँदा खुसी छन्, उनका सबै सन्तान र पत्निको स्वास्थ्य राम्रो रहेको छ । सन २००९ मा अमेरिकी एक महिलाले सर्वाधिक ८ सन्तान जन्माएर गिनिज बुकमा नाम लेखाएकी थिइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अघि सन १९७१ मा अष्ट्रेलियामा एक महिलाले एकै पटक ९ सन्तान जन्माएकी थिइन् । त्यस्तै, सन १९९९ मा इण्डोनेशियामा अर्की एक महिलाले ९ सन्तान जन्माएकी थिइन तर तिमध्ये केहिको केहि दिनभित्रै निधन भएको थियो ।

विश्व रेकर्ड राख्ने नादया सुदेमानले आठ सन्तान जन्माएकी थिइन जो अहिले १२ वर्षका भए । यो सब प्रिग्नेन्सी बिट्रो फर्टिलाइजेशन(आईवीएफ)बाट सम्भव गरिएको हो ।
नौ सन्तानको जन्म गराउन भने १० डाक्टर २५ नर्सको टिम खटिएको थियो ।

नवजात शिशुहरुको तौल ५०० ग्राम देखि एक किलोग्रासम्म रहेको छ र सबैलाई तीन महिनासम्म इन्क्युबेटरमा राखिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्