Shikhar Insurance

आफ्नै स्याटेलाइट राख्न २० करोडको परामर्शदाता, २०२२ को अन्त्यसम्म अन्तरिक्षमा नेपाल

सिंहदरबार संवाददाता
२०७८ बैशाख २५, शनिबार ०७:५१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले २० करोड रूपैयाँ खर्चेर आफ्नै भुउपग्रह (स्याटेलाइट) राख्न सघाउने कम्पनी (परामर्शदाता) नियुक्त गर्ने भएको छ । स्याटेलाइट राख्ने कामका लागि प्राधिकरणले बिजनेस मोडालिटी, सञ्चालन मोडालिटी तथा टेन्डर कागजात तयार पार्न त्यतिको धनरासी खर्चेर अनुभवी परामर्शदाता राख्न लागेको हो ।

काम गर्ने आशयपत्र पेश गरेकामध्ये ५ कम्पनीबाट प्राधिकरणले पर्पोजल (प्रस्तावना) माग गरेको थियो । तीमध्ये ४ कम्पनीले प्रस्ताव पेश गरेका हुन् । उनीहरूले प्राविधिक र आर्थिक प्रस्ताव राखेका प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले सिंहदरबालाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, “चारवटा कम्पनीको प्रस्ताव खोलिएको छ । भारतको केपीएम, बेलायतको लन्डन इकोनोमिक्स, दुबईको एस३टेल र युरोकन्सल्टले परामर्शदाता बन्ने प्रस्ताव गरेका छन् ।”

अब १ महिना लगाएर उनीहरूको मूल्यांकन हुनेछ । त्यसबाट छनौट भएको कम्पनीले बिजनेस मोडालिटी तयार गर्नेछ । त्यस आधारमा स्याटेलाइटको काम अघि बढ्नेछ ।

प्राधिकरणको विषेशज्ञता नभएर कन्सल्टेन्ट छनोट गरेको हो ।

उनले भने, “स्याटेलायटको काममा विदेशी नीतिसँग समन्वय गर्नुपर्ने हुन्छ । परामर्शदाताले बिनेजस मोडालिटी, अपरेसनल मोडालिटी, स्याटेलाइटको स्पेसिफिकेसन, टेन्डर डकुमेन्ट सबै बनाउँछ ।” परामर्शदाताका रुपमा छनोट हुने कम्पनीले यी काम ३ महिनाभित्रमै गरिसक्ने उनको भनाइ छ ।

प्राधिकरणले सन् २०२२ को अन्त्यसम्म स्याटेलाइट चलाउने हिसाबले काम गरिरहेको छ । परामर्शदाता कम्पनीले बिजनेस मोडल बनाएपछि सेटलाइट किन्ने ठेक्काको प्रक्रिया अघि बढ्छ ।

परामर्शदातामा २० करोड रूपैयाँ खर्च हुने अनुमान छ । खनालले भने, “२० करोड रूपैयाँ लाग्ने अनुमान छ । प्रतिस्पर्धा गर्दा कतिमा आउँछ, हेरौं ।”

नेपालको आफ्नै स्याटेलाइट नहुँदा नेपाली सञ्चार तथा दुरसञ्चार सेवा प्रदायकले विदेशी स्याटेलाइट कम्पनीसँग महंगोमा ब्यान्डविथ किन्नुपर्ने वाध्यता छ । नेपालको आफ्नै स्याटेलाइट भए नेपालको पहुँच अन्तरिक्षसम्म विस्तार हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्