Shikhar Insurance

म्याद अगावै ठेक्का सम्पन्न गर्दै विवेक विनिता निर्माण सेवा

सिंहदरबार संवाददाता
२०७८ बैशाख २५, शनिबार १३:४८
NIMB
Nabil Bank

मकवानपुर । सम्झौताको म्याद अगावै मकवानपुरको हात्तीसुँढे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको विवेक विनिता निर्माण सेवाले ठेक्का पाएका अन्य निर्माणका दुई काम पनि सम्झौता अगावै सम्पन्न गरेको छ ।

हेटौँडा उपमहानगरपालिका-१२ पदमपोखरीमा २९८ मिटर स्लाब ढलान र वाग्मती गाउँपालिका-५ बगेरीमा ८०३ घनमिटर जाली भर्ने काम म्याद अगावै सम्पन्न गरिएको विवेक विनिता निर्माण सेवाका प्रबन्धक विवेक बोलखेले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

वाग्मती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको करीब ४५ लाखमा ठेक्का पाएको हेटौँडा-१२ स्थित विष्णुचोक-खोराङ स्लाब ढलानको सम्झौता म्याद २०७८ साल असार २२ गतेसम्म छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको २० लाख बजेटमा सम्पन्न गर्नुपर्ने वाग्मती-५ स्थित बगेरी बस्ती बचाउ कार्यक्रमको म्याद २०७८ साल असार ३० गतेसम्म तोकिएको छ । दुवै ठेक्काअन्तर्गत निर्माण कार्य सम्पन्न भइसकेको र अब हस्तान्तरणको काम मात्र बाँकी रहेको निर्माण कम्पनीका सञ्चालक राजनप्रसाद बोलखेले बताए ।

चालु आर्थिक वर्ष २०७७/७८ मा उक्त कम्पनीले बकैयामा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिरहेको छ । त्यसैगरी मकवानपुरगढी गाउँपालिका-५ को सामुदायिक भवन पनि तीव्र गतिमा निर्माण भइरहेको प्रबन्धक बोलखेले बताए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्