Shikhar Insurance

सर्लाहीका सबै सीमा नाका बन्द

सिंहदरबार संवाददाता
२०७८ बैशाख २५, शनिबार १५:३४
NIMB
Nabil Bank

सर्लाही । जिल्लाको सबै सीमा नाका बन्द गरिएको जिल्ला प्रसासन कार्यालय सर्लाहीले जनाएको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको हो।

नेपाल सरकारको निर्देशनअनुसार सीमा नाका बन्द गरेर नेपाल-भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न थप सहयोग पुगेको प्रजिअ तामाङले बताए । सरकारले प्रदेश नं २ महोत्तरीको भिठ्ठामोड, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट मात्रै आवतजावत गर्न दिने निर्णय गरेको थियो । केही दिनदेखि मलङ्गवा नाकाबाट आवतजावत गर्न दिइएको थियो । अहिले त्यो नाका पूर्णरूपमा बन्द गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालबाट भारत जान खोज्नेलाई नेपालतर्फ नै रोक्ने र भारतबाट नेपालतर्फ आउन खोज्नेलाई भारततर्फ नै रोक्ने गरी दुई देशका सुरक्षा अधिकारीबीच सहमति भएको सशस्त्र प्रहरी बल १० नम्बर हेडक्वाटर सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताए । आवतजावत रोक्न जिल्लाको ५१ किलोमिटर भारतीय खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बाक्लो गस्ती बढाएपछि सीमाबाट हुने आवतजावत नियन्त्रण सम्भव भएको छ ।

दुई देशको सीमा छुट्याउने दशगजामै जोडिएका बस्तीका बासिन्दा प्रहरीको आँखा छली लुकीछिपी नेपाल-भारत आवतजावत गरिरहेका छन् । सीमाका सम्पूर्ण बासिन्दा भारतीय बजारमै निर्भर रहेकाले सीमा क्षेत्रमा आवतजावत पूर्णरूपमा रोक्न सम्भव नभएको बलरा नगरपालिकाका प्रमुख अभय सिंहले बताए । भारतीय सीमावर्ती बजार नेपालीलाई नै लक्ष्य गरेर सञ्चालनमा रहेका नगरप्रमुख सिंहले बताए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्