Shikhar Insurance

चीनले भन्यो : नेपाल हाम्रो ‘बेस्ट फ्रेन्ड’ हो, कोरोनासँग जुध्न सघाउँछौं

सिंहदरबार संवाददाता
२०७८ बैशाख २५, शनिबार १६:२०
NIMB
Nabil Bank

काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले कोरोना भाइरस महामारी रोकथामका लागि नेपाललाई कोभिडविरूद्ध जुध्न सघाउने बताएको छ । चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वेनबिङले आवश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति चाँडै गर्ने बताएको हो ।

कोभिड महामारीविरुद्ध नेपाललाई चाहिने सबै स्वास्थ्य सामाग्री संकलन भएको छ र चीन चाँडै आपूर्ति गर्न तयार रहेको प्रवक्ता वाङले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले छिमेकी र रणनीतिक साझेदार मित्रको हैसियतले चीन र नेपालले सहकार्यको हात अघि बढाएको र महामारी सुरुभएयता दुई मुलुकबीच मित्रताको नयाँ अध्याय सुरु भएको जानकारी पनि जिकिर गरे । नेपालको स्वास्थ्य संकटबारे चीन जानकार रहेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्