Shikhar Insurance

ओली सरकार ढाल्ने काँग्रेसको निर्णय, देउवा नेतृत्वमा नयाँ सरकार गठन गर्ने

सिंहदरबार संवाददाता
२०७८ बैशाख २५, शनिबार १९:२७
NIMB
Nabil Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा लिने विश्वासको मतका विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले प्रतिनिधिसभाको यही वैशाख २७ गतेको बैठकमा हुने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

बैठकले अन्य दललाई समेत विश्वासको मतका विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको उनले बताए । बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन पहल गर्ने गत चैत २१ गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयलाई अनुमोदन गरेको छ । बैठकले सरकारले हालै जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्मविपरीत भएको ठहर गर्दै सोको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने र अन्य सदस्यलाई पनि सहभागी नहुन आग्रह गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारलाई प्रभावकारी काम गर्न तथा यथाशीघ्र कोभिड–१९ विरुद्धको खोप ल्याई सबै जनतासमक्ष सहज रुपमा पु¥याउन आग्रह गर्ने निर्णयसमेत गरेको छ । संसदीय दलको बैठकले कोभिडविरुद्धको खोप उत्पादन गर्ने देशलाई नेपाललाई खोप उपलब्ध गराउन आग्रह गर्ने निर्णयसमेत गरेको छ । काँग्रेसले पार्टी सभापति शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गडन गर्ने निर्णय पनि गरेको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्