Shikhar Insurance

प्रधानमन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार र स्वकीय सचिवलाईभने संक्रमण

सिंहदरबार संवाददाता
२०७८ बैशाख २५, शनिबार २०:३८
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रधानमन्त्री ओलीसहित सचिवालयका व्यक्तिमा परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो ।
यसै गरि पीसीआर परीक्षण गर्दा केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूलाई कोरोना संक्रमण भएको आधिकारीक फेसबुक सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

थापा र भण्डारीलाई पहिलो चरणमा पनि कोरोना संक्रमण देखिएको थियो । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्