Shikhar Insurance

अमेरिका–चीन व्यापार युद्धमा सबैभन्दा बढी नाफा/घाटा कसलाई ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख २६, आईतवार १६:०८
NIMB
Nabil Bank

काठमाडौं । जो बाइडेन अमेरिकाको राष्ट्रपति बनेका तीन महिना बितेको छ । तर, ३ वर्षदेखि चीनसँग चलिरहेको व्यापार युद्ध अझै मत्थर भएको छैन ।

राष्ट्रपति बाइडेनले अहिलेसम्म यो युद्ध समापनका लागि जनवरि २०२० मा दुई देशबीच भएको पहिलो चरणको सम्झौताको अघिल्लो चरणमा प्रवेश गरिँदै छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसबाहेक पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा शूल्क लगाइएको बारे समीक्षा भइरहेको छ । ३ सय ५५ डलरको आयातमा लगाइएको शूल्कमा कुन वस्तु हटाउन मिल्ने विचार गरिँदै छ ।

अमेरिका र चीनबीच भएको यो व्यापार युद्धमा सबैभन्दा बढी लाभ भारतलाई हुने र भारत त्यो अवसरबाट लाभ उठाउन असफल भएको बीबीसीले बताएको छ । बीबीसीमा भनिएको छ, “चीनमा स्थापना गरिएको विदेशी कम्पनी वा उद्योग भारतमा लगाउने निम्तो दिन सकिन्थ्यो ।”

ट्रम्पले सन् २०१८ मा चिनियाँ वस्तु आयातमा ट्यारिफ बढाउनुको कारण दुई देशबीचको व्यापारमा सन्तुलन ल्याउनु थियो । उतिबेला अमेरिकाले चीनसँग ३ सय ५० अर्ब डलर व्यापार घाटा बेहोथ्र्यो ।

यसवाहेक ट्रम्प अमेरिकी कम्पनलिाई चीन टेक्नोलोजी ट्रन्स्फरका लागि वाध्य नपारोस भन्ने चाहन्थे । उनलाई लागेको थियो कि यो कारवाहीबाट चीनमा स्थापना भएका ७० हजार अमेरिकी कम्पनी स्वदेश फर्किन्थे वा अन्य मुलुक जान्थे । तर, त्यसो भएको थिएन ।

केही वर्ष अघि जोडतोडका साथ ‘मेक इन इन्डिया’ नारा चलाउने भारतमा चीनबाट पलायन कम्पनी किन आएनन् जबकि भारतले चीनमा उत्पादन जारी राखेका २५० कम्पनीलाई सम्पर्क समेत गरेको थियो ।

अमेरिकी अर्थशास्त्री तथा प्रोफेसर स्टिभ एच ह्यान्की भारतको अर्थतन्त्रबारे जानकार हुन् । बीबीसी हिन्दीलाई दिएको एक इमेल अन्तर्वार्तामा उनले लेखेका छन्, “चीन र भारत बीच तनाव देखेर मलाई कुनै आश्चर्य छैन कि चीनमा स्थापित कम्पनी भारत नभएर भियतनाममा स्थापित हुँदैछन् ।”

चीन मामिला भारतीय विज्ञ फैसल अहमदका अनुसार चीनमा एकदमै सिमित कम्पनी छन् जो चीनबाट भियताना ट्रान्स्फर हुँदैछन् । उनीहरु भारत नआउनु कारण चीनमा जस्तो भारतमा सप्लाइ तथा भ्याल्यु चेन कमजोर रहेको उनी औंल्याउँछन् ।

भारतलगायत दोस्रो देशलाई लागेको थियो कि चीनमा लगानी गरेका ठूला कम्पनी आफ्नो लगानीको केही हिस्सा चीनवाहेक उनीहरुको देशमा पनि लगाउनेछन् । यसलाई अहमदले चीन+१ को संज्ञा दिएका छन् ।

अहमदले भनेका छन्, “चीन+१ सफलताको प्रतिक्षा गर्नुवाहेक ती देशले देशमा सप्लाइ चेन बढाउनु तथा विश्वव्यापी भ्याल्यु चेनमा आफ्नो सहभागिता बढाउनुपर्ने थियो । यसका लागि उत्पादकत्व क्षमता बढाउनुपर्ने थियो ।”

सप्लाई चेन तथा उत्पादन सुविधा एकदम कम मात्रामा चीन बाहिर गएको छ । यो सुविधा भियतनाम, मलेसिया, थाइल्यान्ड तथा इन्डोनेसिया जस्ता चीनका क्षेत्रीय व्यापक आर्थिक साझेदारीको हिस्सा रहेका देशमा गएका छन् । यी देशमा सप्लाइ चेन सिफ्ट गरेकामा चीन कुनै शूल्क लिँदैन ।

चिनियाँ प्रोफसर हुआङ युङसाङ सप्लाइ तथा भ्याल्यु चेनमा भारत चीन जस्तो बन्न चाहे केही संरचनागत सुधार आवश्यक छ र औद्योगिक क्षमता विस्तार गर्न तथा लगानी बढाउन चीन–अमेरिका व्यापार युद्धमा पर्याप्त नरहेको बताउँछन् ।

चीन आफ्नो औद्योगित सञ्जालमा यति सबल छ कि आसियान देशमा जाने कुनै पनि लगानी चीनको समर्थनमा निर्भर छ ।

अमेरिका र चीन संसारका दुई ठूला शक्ति हुन् । दुई देशबीच ३ वर्षदेखि जारी व्यापार युद्ध बाइडन आएको ३ महिना सम्म जारी छ । किनकी ट्रम्पले चीनबाट हुने आयातमा लगाएको ट्ययारिफ बाइडेन आएको ३ महिनासम्म पनि हटाइएको छैन । यसबाट अमेरिकी नागरिकले ५७ अर्ब डलर बढी खर्च गर्नुपरेको छ । चीनले पनि अमेरिकाबाट निर्यात हुने १ सय १० अर्बको वस्तुमा ट्यारिफ लगाएको छ ।

यसबाट चिनका उत्पादक तथा उपभोक्ता र अमेरिकी उपभोक्ताको खर्च बढेको छ ।

चीन अमेरिकाको मात्र नभएर पुरै विश्वका लागि ठूलो चुनौती बनेर उभिएको छ । चीन एकमात्र यस्तो देश हो जोसँग स्थिर तथा खुला अन्तर्राष्ट्रिय प्रणालीलाई गम्भीर चुनौती दिने आर्थिक, राजनीतिक, सैन्य तथा प्राविधिक शक्ति छ । यो कुरा अमेरिका स्वयम् स्वीकार्छ ।
अमेरिकाले सन् २००९ मै चीनलाई प्रतिस्पर्धी मानेको थियो । सो बेला बाराक ओबामा अमेरिकी राष्ट्रपति थिए ।

त्यसपछि अमेरिकी राष्ट्रपति बनेका ट्रम्प झनै कडा निस्केका थिए । चुनावी ¥यालीमा उनले चीनलाई आफ्नो देशमाथि ‘बलात्कार’ गरिरहन नदिने बताएका थिए ।

आफ्नो चुनावी घोषणालाई उनले चीनबाट हुने आयातमा लगाएको २५ प्रतिशत ट्यारिफबाट मुर्त रुप दिएका थिए । चीनले पनि यसको बदलाको रुपमा अमेरिकाबाट हुने आयातमा ट्यारिफ लगाउन थालेको थियो ।

यसरी सुरु भएको थियो, अमेरिका चीन व्यापार युद्ध ।

सोहीबेला एम विज्ञले भनेका थिए, “वर्षौं देखि यी दुई देश टेबल मुनि लात हानिरहेका थिए, अहिले खुला रुपमा लडाइँ गर्दैछन् ।”

व्यापार युद्धमा सबैभन्दा बढी घाटा कसलाई ?
जानकारका अनुसार यसबाट अमेरिका र चीन बराबर पिडित छन्, साथै विश्व व्यापारको अर्डर पनि बिथोलिएको छ । प्रोफेसर युङसाङ चीनको प्रगति रोक्न कामको जिम्मेवार बाइडेन प्रशासनलाई मान्छन् । हाल व्यापार युद्धसँगै कोभिड १९ महामारीका कारण द्विपक्षीय व्यापार बढ्न सकेको छैन ।

अमेरिकी अर्थशास्त्री ह्यान्की चिनियाँ प्रोफेसरसँग सहमत छन् कि व्यापार युद्धमा कसैको जित हुँदैन । भारतीय विज्ञ भने अमेरिकालाई बढी घाटा भइरहेको बताउँछन् ।

स्वीजरल्यान्डका भूराजनीतिक विज्ञ डा. एलेक्जेन्डर ल्याम्बर्ट यो व्यापार तत्काल अन्त्य नहुने र अझै विकराल रुप लिने बताउँछन् । उनी भन्छन्, “अमेरिकाले चीनलाई पूर्व सोभियत संघसँग तुलना गर्न तथा शीतयुद्धको माकसिकता त्याग्नुपर्छ ।” उनी दुई देशले भारत र रुससँग मिलेर जी–४ समूह बनाउनुपर्ने सुझाव दिन्छन् र यहीँबाट यी चार देशले आपसी मतभेद अन्त्यको कोशिस गर्नुपर्ने सुझाव दिन्छन् ।

चिनियाँ प्रोफेसरका अनुसार चीन अमेरिकासँग सहमतिमा जान चाहेको बताउँछन् ।

जानकार दुवै पक्षले आफ्नो गल्ती स्वीकार्नुपर्ने सुझाव दिन्छन् । अमेरिकाले चीनलाई विश्वशक्ति मान्नुपर्ने र ‘हामी विरुद्ध उनीहरु’को सट्टा ‘हामी र उनीहरु’ को भावना विकास गर्नुपर्ने उनीहरु बताउँछन् ।

व्यापार युद्धका माझ सन् २०२० मा अमेरिका–चीन द्विपक्षिय व्यापार ५ सय ६० खर्ब अमेरिकी डलर बराबरको भएको छ जुन अघिल्लो वर्षभन्दा बढी हो । वर्ष २०२० मा अमेरिकाले चीनबाट ४ सय ३४ अर्बको आयात गरेको छ जुन अघिल्लो वर्षभन्दा १८ अर्ब डलर कम हो ।

–एजेन्सीहरुको सहयोगमा

GBIME

प्रतिक्रिया दिनुहोस्