Shikhar Insurance

नेपालगञ्जमा सङ्क्रमितको घरघरमै गएर उपचार

सिंहदरबार संवाददाता
२०७८ बैशाख २६, आईतवार १७:३८
NIMB
Nabil Bank

बाँके । नेपालगञ्ज उपमहानगरपालिका­ १ ले होम आइसोलेसनमा बसेका सङ्क्रमितको घरघरै पुगेर उपचार गर्न थालेको छ । वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरको सहकार्यमा भेरी अस्पतालका फिजिसियन डा पारश श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीले धम्बोझीका २५ सङ्क्रमितको घरघरमा पुगेर स्वास्थ्य सेवा दिएको छ ।

चिकित्सकसहितको टोलीले सङ्क्रमितको स्वास्थ्य जाँच गरी औषधि तथा एक्सरेलगायत अन्य परीक्षणको सिफारिस गरेपछि वडा कार्यालयले लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष प्रमोद रिजालले बताए । रिजालका अनुसार अक्सिजन चाहिएमा वडाले घरमै व्यवस्थापन गर्ने, थप उपचार आवश्यक पर्ने सङ्क्रमितलाई उपमहानगरले सञ्चालन गरेका अक्सिजनसहितका आइसोलेसनमा राखिने र गम्भीर बिरामीलाई अस्पतालको आइसोलेसनमा पठाउने गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उपचार गर्न जाँदा सङ्क्रमितलाई स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत उपलब्ध गराइन्छ । नेपालगञ्ज­ १ को होम आइसोलेसनमा अहिले करीब १५० जना सक्रिय सङ्क्रमित छन् । उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले वडा नं १ मा शुरु भएको चिकित्सकसहितको स्वास्थ्य टोली होम आइसोलेसन पुगेर उपचार गर्ने सेवा नगरका सबै वडामा विस्तार गरिने बताए ।

यसैबीच उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले नगरवासीले भण्डारण गरेको अक्सिजन ग्यासको खोजी शुरु गरिएको बताका छन् । अस्पतालमा अक्सिजनको अभाव भइरहेको बेला नगरवासीले घर तथा कलकारखानामा अक्सिजन सिलिण्डर भण्डारण गरेर नगरका आइसोलेसन र अस्पतालमा अक्सिजन अभाव हुन नदिन खोजी अभियान शुरु गरिएको राणाले बताए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्