Shikhar Insurance

अस्पतालमा स्वास्थ्यकर्मीको अभाव

सिंहदरबार संवाददाता
२०७८ बैशाख २६, आईतवार १८:५४
NIMB
Nabil Bank

धादिङ । जिल्लाअस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० जना स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको छ । नौ दिनसम्म लगातार २४ घण्टासम्म काम गर्दा थकित भए पनि काम नरोकेको धादिङ अस्पतालका स्वास्थ्य सहयोगी कृष्णलाल उप्रेतीले बताए ।

पालोदिने स्वास्थ्यकर्मी नभएकोले ९ दिनसम्म २४ घण्टा खटिनुपरेको उप्रेतीको भनाइ छ । धादिङ अस्पतालमा हाल दुई स्वास्थ्यकर्मीले ९ दिनदेखि लगातार बिरामीको उपचार गरिरहेका छन् । फिभर क्लिनिकमा आउने र एमर्जेन्सीमा आउने बिरामीका लागि खटिँदा थकित भएका स्वास्थ्यकर्मी महामारीको समयमा सेवा गर्न पाउँदा खुशी छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सङ्क्रमित स्वास्थ्यकर्मीसमेत आइसोलेशनमा भएकोले उनीहरूबाटै सेवा दिईरहेको अस्पतालले जनाएको छ । यस्तै धादिङ आइसोलेशनमा एक जनाको मृत्यु भएको छ । धादिङ अस्पतालबाट सञ्चालित कोभिड १९ अस्थायी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

निलकण्ठ नगरपालिका वडा नम्बर २ का ७५ वर्षीय वृद्ध को मृत्यु भएको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । एक साताअघि आइसोलेशनमा स्वासप्रस्वासमा समस्या आएपछि उनलाई भर्ना गरिएको थियो । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्