Shikhar Insurance

माधव नेपाल समूहद्वारा ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम

सिंहदरबार संवाददाता
२०७८ बैशाख २६, आईतवार २०:०९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेका सांसदहरूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिएका छन् । वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरूले भोलि बिहान ९ बजेसम्म ओलीले २०७५ जेठ २ गतेको अवस्थामा फर्किने र फेरि पार्टी सहमतिका साथ सञ्चालन गर्ने प्रतिवद्धताका साथ आउन समय दिएका हुन् ।

त्यसो भए संसदमा उपस्थित हुने र विश्वासको पक्षमा मतदान गर्ने नभए गम्भीर निर्णय गर्ने निष्कर्ष निकालेको एमाले नेता योगेश भट्टराईले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, “जे गर्नुपर्ने हो भोलि ९ बजे नै गर्छौं । अध्यक्षको प्रतिवद्धता आयो भने आइहाल्यो नत्र कठोर निर्णय गर्छौं । राजिनामा दिने, फ्लो क्रस गर्ने वा जे गर्ने भोलि ९ बजे गर्छौं ।”
नत्र सरकार ढाल्न भुमिका खेल्ने उनले बताए ।

समूहले सहमतिमा पार्टी र सरकार सञ्चालन गर्न आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्