Shikhar Insurance

अनुदानको सिलिन्डर लिन वाइडबडी आज बेइजिङ जाँदै

सिंहदरबार संवाददाता
२०७८ बैशाख २७, सोमबार ०८:५९
NIMB
Nabil Bank

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज आज चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्दै छ ।

वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज राति ११:३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलि अपराह्न २:३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कुल १४ जना बेइजिङ जानेछन् ।

चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाइएको छ । उडानका लागि भारतबाट अनुमति प्राप्त भइसकेको छ भने बंगलादेश र म्यानमार अनुमति आउन बाँकी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्