Shikhar Insurance

बामदेव गौतमले भनेः पार्टी फुटेमा माधव नेपाल समुहमा लाग्छु

सिंहदरबार संवाददाता
२०७८ बैशाख २७, सोमबार १३:१३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी विभाजन भएमा आफु माधव नेपाल समुहमा लाग्ने बताएका छन् । पार्टी एकता राष्ट्रिय अभियान चलाईरहेका गौतमले एमाले भित्रै रहेर समानान्तर गतिबिधी चलाउने क्रममा आफु माधव नेपाल समुहमा नरहने तर पार्टी विभाजनका हकमा भने नयाँ पार्टीमा लाग्ने बताएका हुन् ।

उनले २०७७ फागुन २८ गतेको निर्णय खारेज गरेर २०७५ जेठ २ गतेको अवस्थामा फर्किएमा ओलीलाई साथ दिने पनि बताएका छन् । त्यसो नभएमा आफुले ओलीसँग सहकार्य नगर्ने पनि उनले स्पष्ट पारेका छन् । गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले फेसबुक मार्फत उक्त धारणा सार्वजनिक गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेकपा (एमाले)का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ ।
१) अध्यक्ष कमरेडसँगको कुराकानीबारे
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क। केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले)को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’
यसको प्रतिउत्तरमा उपाध्यक्ष क. वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।
२) क.माधव नेपालहरुका सन्दर्भमा
वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

GBIME

प्रतिक्रिया दिनुहोस्