Shikhar Insurance

भूकम्पले भत्किएका २९४ गुम्बा मर्मत सम्भार

सिंहदरबार संवाददाता
२०७८ बैशाख २७, सोमबार १४:४०
NIMB
Nabil Bank

काठमाडौं । ६ वर्ष अघिको गोरखा भूकम्पले भत्किएका २९४ गुम्बाको मर्मत सम्भार गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले एक हजार ३२० गुम्बामा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यसमध्ये मर्मत सम्भार गर्नुपर्ने ४०२ गुम्बामा २९४ को काम सकिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

भूकम्पपछि गरिएको स्थलगत अध्ययनका क्रममा ८९५ गुम्बा पुनर्निर्माण गर्नुपर्ने भेटिएको छ । सोमा १०० वर्षभन्दा पुराना गुम्बाको सङ्ख्या २५० छ । हाल १०० वर्षभन्दा पुराना पाँच गुम्बाको पुनःनिर्माण भइरहेको घिमिरेले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

भूकम्पले भत्किएका गुम्बामध्ये दुई हजार वर्गफिटभन्दा बढी क्षेत्रफल भएका गुम्बाको सङ्ख्या १४ छ । दुई हजार वर्गफिटभन्दा बढी क्षेत्रफल भएका आठ गुम्बाको पुनःनिर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

गुम्बा व्यवस्थापन समिति र सम्बन्धित स्थानीय तहबाट पुनःनिर्माण भइरहेका गुम्बाको सङ्ख्या १०१ छ । समिति र स्थानीय तहले पुनःनिर्माण गर्नुपर्ने गुम्बाको सङ्ख्या ६३१ छ । यी गुम्बा क्रमशः पुनःनिर्माण गरिने कार्यक्रम रहेको जनाइएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्