Shikhar Insurance

सरकारको मुख ताक्दै ४१ हजार कोरोना बीमीत, केहि दिनभित्रै साढे तीन अर्ब पठाउँछौंः मन्त्रालय

सिंहदरबार संवाददाता
२०७८ बैशाख २७, सोमबार १४:२५
NIMB
Nabil Bank

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमितलाई भुक्तानी गर्न केहि दिनभित्रै साढे तीन अर्ब रुपैयाँ दिने भएको छ । अर्थ सचिव शिशिर ढुंगानाले कोरोना बीमितलाई भुक्तानी गर्न अर्थ मन्त्रालयले गरेको पूर्व प्रतिवद्धता अनुसारको रकम केहि दिनभित्रै उपलब्ध गराउने बताएका हुन् । ‘बीमा समितिले रकम माग गरि चिठी पठाएको थियो, सोही चिठीका आधारमा केहि दिनभित्रै साढे तीन अर्ब रुपैयाँ उपलब्ध गराउनेछौं’, अर्थ सचिव शिशिर ढुंगानाले सिंहदरबारसँग भने ।

कोरोना बीमितले दावी वापतको रकम भुक्तानी नपाएको विषयले आफुहरुलाई पनि तनाब दिएको बताउँदै केहि दिनभित्रै मन्त्रालयले रकम उपलब्ध गराउने स्पष्ट पारेका हुन् । ‘कति दिनमा पैसा पठाउने भनेर नसोध्नुस तर मन्त्रालयले पैसा पठाउने तयारी गरिसकेको छ, केहि दिनभित्रै रकम पैसा उपलब्ध हुन्छ’, सचिव ढुंगानाले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

बीमा समितिले अर्थमन्त्रालयलाई पत्र लेखेर कोरोना बीमाको दावी भुक्तानी फर्स्योटका लागि साढे तीन अर्ब मागेको थियो । साढे तीन अर्बसम्मको कोरोना बीमाको दावी भुक्तानी बीमा कम्पनी र पुनर्बीमा कम्पनी तथा बीमा समितिले व्यहोर्ने व्यवस्था थियो । साढे तीन अर्ब भन्दा बढीको दायित्व उत्पन्न भएमा नेपाल सरकारले व्यहोर्ने समझदारी अर्थमन्त्रालयले गरेको थियो । सो समझदारी अनुसार बीमा समितिले रकम माग गरेको हो ।

हालसम्म ९१ हजार ७ सय ६७ जनाको बीमा दावी परेको छ । सोमध्ये ५५ हजार बिमितले दावी वापतको करिब साढे पाँच अर्ब रुपैयाँ दावी भुक्तानी पाईसकेका छन् ।
अझै ४१ हजार भन्दा बढी बीमितको दावी भुक्तानी भएको छैन् । सरकारले आफ्नो दायित्वमा परेको रकम उपलब्ध नगराएसम्म कोरोना बीमाको दावी भुक्तानी गर्न नसक्ने अवस्थामा बीमा कम्पनीहरु पुगेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्