Shikhar Insurance

जुन सदन विघटन गर्यौ त्यही सदनसँग विश्वासको मत ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख २७, सोमबार १५:२४
NIMB
Nabil Bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुन सदन विघटन गरे त्यही सदनसँग विश्वासको मत माग्ने काम अनैतिक भएको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले अहिले विश्वासको मत माग्ने काम पनि फेरि विघटनको बाटो उन्मुख भएको प्रश्न गरेका हुन् ।

प्रचण्डले ओलीले फेरि विघटन गर्लान् भनेर केही समय समर्थन फिर्ता नलिएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रधानमन्त्री केपी ओलीले पुसमा संसद विघटन गरेका थिए । पछि, सर्वोच्च अदालतले ओलीको कदम उल्ट्याएको थियो ।

प्रचण्डले ओलीले विश्वासको मत पाउँदिन भन्ने थाह हुँदाहुँदै संसदमा आएको पनि बताए । यसअघि नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि विश्वासको मत पाउँदिन भन्ने थाह हुँदाहुँदै कन्फिडेन्ससाथ मत मागेको बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्