Shikhar Insurance

ओली सरकार ढल्ने संकेतले सेयर बजारमा चमक

सिंहदरबार संवाददाता
२०७८ बैशाख २७, सोमबार १५:३९
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा सोमबार उत्साहपूर्ण सुधार आएको छ । सेयर बजार परिसूचक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.८४ अंकमा पुगेको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने भएपछि सेयर बजारमा उत्साह छाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आज बजारमा २१८ वटा कम्पनीको ७५ लाख ७९ हजार कित्ता सेयर ४ अर्ब २० करोड रूपैयाँमा किनबेच भए ।

कारोबारमा आएका सबै समूहका उपसूचक बढ्दा सेयर बजार उकालो लागेको हो ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी २१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, समता घरेलु लघुवित्त वित्तीय संस्था र रूरू जलविद्युत परियोजनाको सेयर मूल्य १० प्रतिशतले बढे ।

GBIME

प्रतिक्रिया दिनुहोस्