Shikhar Insurance

माधव नेपालले भनेः राष्ट्र हितका लागि केपी ओलीलाई मत दिएनौं

सिंहदरबार संवाददाता
२०७८ बैशाख २७, सोमबार २०:३१
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्र हितका लागि केपी ओलीलाई विश्वासको मत नदिएको स्पष्ट पारेका छन् ।
आफुसहित २८ सांसदले संसदमा उपस्थित नभएर ओलीलाई विश्वासको मत नदिएको विषयमा थप स्पष्ट पार्दै नेता नेपालले वक्तव्य जारी गरेका छन् ।

ओलीले लोकतन्त्र र राष्ट्र हित विपरिद काम गरेकाले उनको सत्ता बहिर्गमनका लागि भूमिका खेल्नु देशभक्त नेपालीहरुको कर्तव्य हुने भने नेपालले बताएका छन् ।
उनले २०७५ बैशाख २ गतेको एमाले संरचनामा फर्किएर पार्टी एकता जोगाउने अन्तिम अवसर अझै पनि ओलीसँग रहेको धारणा पनि राखेका छन् । ओलीलाई भोट नहालेर देश, जनता र लोकतन्त्रका पक्षमा उभिएका आफ्ना सहकार्मीहरुलाई धन्यवाद पनि दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्