Shikhar Insurance

ओलीको पक्षमा खुले महन्त ठाकुर, अब जसपा फुट्ने पक्का

सिंहदरबार संवाददाता
२०७८ बैशाख २८, मंगलवार ०९:११
NIMB
Nabil Bank

काठमाडौं । जनता समाजवादी पार्टीका नेता महन्त ठाकुर अन्ततः प्रधानमन्त्री केपी ओलीका पक्षमा खुलेका छन् । उपेन्द्र यादवले बहुमतिय सरकार गठनका लागि शेर बहादुर देउवा र प्रचण्डसँग संयुक्त वक्तव्य निकालेपछि ठाकुरले ओलीका पक्षमा विज्ञप्ति जारी गरेका हुन् ।

ठाकुरले मध्यरातमा वक्तव्य जारी गर्दै वैकल्पिक सरकार गठनको प्रक्रियाले थप राजनीतिक अस्थिरता निम्त्याउने बताउँदै आफु त्यसमा नलाग्ने स्पष्ट पारेका हुन् ।
ठाकुरको वक्तव्यसँगै अब जनता समाजवादी पार्टी पनि फुटको संघारमा पुगेको छ । ओलीलाई विश्वासको मत नदिने पक्षमा उपेन्द्र यादव तथा बाबुराम भट्टराई खुलेका थिए भने ठाकुर र राजेन्द्र महतो समुहका १५ सांसद तटस्थ बसेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्