Shikhar Insurance

अजोडको नाफा बेजेडले बढेर ६ करोड ११ लाख

सिंहदरबार संवाददाता
२०७८ बैशाख २८, मंगलवार १२:१९
NIMB
Nabil Bank

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्त अवधीमा ६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आवको चैत मसान्त अवधीमा कम्पनीको नाफा जम्मा ३ करोड ५१ लाख रुपैयाँ मात्रै थियो । अजोडले यो अवधीमा २ करोड ६० लाख अर्थात ७४ प्रतिशतले बढाएको हो ।

कम्पनीले यो अवधीमा एक अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । एक लाख ५ हजार ९० वटा बीमा लेख जारी गरेको अजोडले ९ हजार ९७ वटा बीमालेख नविकरण गराउन सफल भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

३ हजार ३ सय ५० वटा दावी वापत कम्पनीले ५० करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ । एक अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा ७५ करोड रुपैयाँ, बीमा कोषमा ९ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ८.१५ पैसा छ भने प्रति सेयर नेटवर्थ ११७.६८ रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्